काठमाडौंमा ३६ बर्षिया शान्तासहित अन्य २ पुरुष पक्राउ

काठमाडौं :

बैकिङ कसुर मुद्दाका फरार रहेकी शान्ता कोइराला दवाडी पक्राउ परेकी छन् । उच्च अदालत पाटन ललितपुरले नौ लाख नब्बे हजार जरिवाना तोके पछि उनि फरार भएकी थिइन् ।

प्रहरीले दिएको जानकारी अनुसार श्री सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०८।२१ गतेको फैसलाले रू.९,९०,०००।–(नौ लाख नब्बे हजार) जरिवाना तोकी फरार रहेकी जिल्ला गोरखा, साविक सौरपानी गा.वि.स. वडा नं.०३ परिवर्तित बारपाक सुलिकोट गा.पा.वडा नं.०४ घर भई का.जि.रामकोट बस्ने वर्ष ३६ की शान्ता कोईराला दवाडीलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२७ गते का.जि.सितापाईलाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।११।२७ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको बताएको छ ।

श्री सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०८।२१ गतेको फैसलाले रू.९,९०,०००।–(नौ लाख नब्बे हजार) जरिवाना तोकी फरार रहेकी जिल्ला गोरखा, साविक सौरपानी गा.वि.स. वडा नं.०३ परिवर्तित बारपाक सुलिकोट गा.पा.वडा नं.०४ घर भई का.जि.रामकोट बस्ने वर्ष ३६ की शान्ता कोईराला दवाडीलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२७ गते का.जि.सितापाईलाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।११।२७ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको ।

यस्तै अर्का प्रतिवादी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार मौसम उपाध्यायको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जि.गोरखा, साविक अश्राङ गा.वि.स.वडा नं.०६ परिवर्तित भिमसेन थापा गा.पा.वडा नं.०६ घर भई का.जि.का.म.न.पा.वडा नं.२६ गोंगबु बस्ने वर्ष २५ को निसम वि.क.भएको बैकिंङ्ग कसुर मुद्दामा निजको नाममा सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ पुर्जी समेत जारी भएका निज प्रतिवादीलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२६ गते का.जि.बनस्थलिबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७८।११।२६ गते महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएको बताएकी छ ।

यस्तै ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका हेटौंडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल पक्राउ परेका हुन् ।

हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले १२ मंसिर ०७८ मा नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो । फैसला गरेसँगै उनी फरार भएका थिए । उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए । विशेष सूचनाको आधारमा खटिएको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button