
के प्रचण्डले पूर्वराजा गुहारेकै हुन् ? किन लाग्यो यस्तो आरोप
काठमाडौ । विकसित राजनीतिक घटनाक्रमलाई लिएर राजनीतिक दलका नेताहरुबीच एक अर्कालाई आरोप प्रत्यारोप चलिरहेको छ ।

नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा गुहारेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल मार्फत उनले यस्तो आरोप लगाएका हुन् ।

बिहीबार सम्पादकहरूसँग अन्तरक्रियामा प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उति बेलाका राजा नै ठीक’ भनेका थिए। सोही कुरालाई लिएर पोखरेलको यस्तो प्रतिकृया आएको हो ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत नेता पोखरेलले प्रचण्डले राजनीतिक प्रतिस्पर्धा आफूलाई उचो देखाउन पूर्वराजा गुहार्न बाँकी रहेको र त्यो हिजो ९बिहीबार० पूरा भएको कटाक्ष गरेका हुन्।
‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ,’ मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र रु’
मेयरले आफ्नै श्रीमानलाई प्रमुख अतिथि बनाएपछि कार्यक्रममै हात हाला-हाल, विहानै मेयर पदमुक्त
मौलापुर नगरपालिकाको नगरसभामा बिहिबार कार्यक्रममै एक आपसमा हात हाला हाल भयो । प्रहरीले अवस्था विग्रन नदिन बल प्रयोग गर्यो । मेयर रीनाकुमारी साहले आफ्नै पति पूर्वमन्त्री प्रभु साहलाई अतिथिका रुपमा डाकेकी थिइन् ।
त्यसको विरोधमा काँग्रेस, माओवादी र नेकपा एमालेका माधवकुमार नेपाल पक्षीय प्रतिनिधिले विरोध गरे । अवस्था यति विग्रियो की कार्यक्रम नै भताभुंग भयो ।
नगरसभामा विवाद भएपछि हंगामा भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ला ठी चार्ज र अ श्रु ग्याँस चलायो । नगरसभामा हंगामा भएको दिन बेलुकी निर्वाचन आयोगले मेयर साहको पद रिक्तको सूचना प्रकाशित गर्यो । यसलाई संयोग नै मान्नुपर्छ ।
रीना साह पूर्वमन्त्री प्रभु साहको प्रभावका कारण पनि मौलापुर नगरपालिकामा निर्वाचित भएकी थिइन् । उक्त नगरपालिका प्रभु साहको गृहनगर हो । साह माओवादी छाडेर एमाले प्रवेश गरेका हुन् ।
रीना साह पनि एमालेमा प्रवेश गरेपछि दल त्यागसम्बन्धी सूचना प्रकाशित गर्न माओवादी केन्द्रले निर्वाचन आयोगमा पत्र लेखेको थियो ।
पदमुक्त हुनेमा मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहका अलावा कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहा पनि छन् । दुवैजना प्रभु साह पक्षीय हुन् ।
रौतहटमा प्रभु साहसँगै दल त्याग गरेका ४ नगरपालिकाका उपमेयर र एकजना गाउँपालिकाका उपाध्य पनि पदमुक्त भएका छन् ।
विशालबजार नजिकै दिउसै ८ वर्षीया बालिकालाई भएको घटना स्थानियले छतवाट देखेपछि…..
काठमाडौको न्युरोड विशालबजार नजिकै बालिकालाई जबर जस्ती गर्ने एक जना ब्यक्ति घटनास्थलवाटै पक्राउ परेका छन् । शनिवार दिउसै उनले बालिकालाई जब र जस्ती को प्रयास गरेका थिए ।
पक्राउ पर्नेमा धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्यमान तामाङ रहेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी दिल बहादुर मल्लले जानकारी दिए ।
काठमाडौं महानगरपालिका( २३ जुद्धशालिकस्थित पुरानो नगरपालिकाको खाली जग्गामा दिउसै उनले बालिकालाई त्यता लिएर गएका थिए । पार्किङ गरेर राखेको गाडीको आडमा ८ वर्षीया बालिकालाई जब र जस्ती गरेका थिए ।
घरको छतबाट स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै नजिकै रहेका प्रहरी गएर बालिकाको उद्दार गर्नुका साथै तामाङलाई पक्राउ गरिएको डिएसपी मल्लले बताए ।
‘घर जान लागेकी बालिकालाई बोकेर लगेर गाडीको आडमा राखेका तामाङको हर्कत स्थानियले छतवाट देखेका हुन् । बाहिर खेलेर घर जान लागेकी बालिकालाई तामाङले बोकेर लगेका थिए । बालिकाको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको उनको भनाइ छ ।



