
एमालेमा रहने कि नरहने! यी दुई न्यायाधीसले गर्दैछन् माधव नेपालको बारेमा आज महत्वपूर्ण फैसला
नेपाल कम्युनिष्ट पार्टी एमाले भित्रै रहने या अलगै हुनेबारे नेता माधव कुमार नेपालसम्बन्धि आज फैसला हुँदैछ ।

यो एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने पार्टीका चार जना सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा पुनरावलोकन निवेदन भ्याकेट को आज सुनुवाइ पछि यसको फैसला हुने भएको हो । यसको सुनवाई न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा हुँदैछ ।

तर नेता नेपाल भने एमालेको भ्याकेटमा जाने निर्णय सही नभएको भन्दैछन् । उनले पार्टी अध्यक्ष केपी ओलीले छल गरेको र खेल खेलेको आरोप समेत लगाएका छन् ।
नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई फेसबुकमा एक स्टाटस लेखेर छल गरेको आरोप लगाएका छन् । नेता नेपालले एकताको प्रयासलाई ओलीले भंग गर्न खोजेको आरोप समेत लगाएका छन् ।
नेता नेपालले फेसबुकमा एक स्टाटस लेखेर आफ्नो धारणा राख्दै नेपालले कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि ओली फेरि भ्याकेटमा जानुले एकता नचाहेको पुष्टी भएको दावी गरेका छन् ।
भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ भनेर नेता नेपालले भनेका छन् । नेपालले आफूहरुले एकता बचाउन गरेको प्रयासलाई कमजोरीको रुपमा नलिन चेतावनी पनि दिएका छन् ।
नेता नेपाल लेख्छन्, कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो ।
जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो ।
सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्म स म र्प ण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ । सहजै देख्न सकिन्छ ।
असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।
महामारीको मौका पारेर अन्तर्राष्ट्रिय उडानमा यस्तो भएपछि
महामारीको मौका पारेर अन्तराष्ट्रिय उडानमा ब्रम्हलुट भएको खबर सार्वजनिक भएपछि सरकारले छानविन थालेको छ ।
अप्ठेरोमा परेका नागरिकसंग अन्तर्राष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएको खबर सार्वजनिक भएपछि सरकारले छानबिन गर्न समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो।
ट्राभल एजेन्सीले तोकिएको भन्दा चर्को भाडा असुल गरेको भन्ने गुनासो मन्त्रालयलाई प्राप्त भएको भन्दै उल्लेखित गुनासोको सन्दर्भमा विस्तृत छानविन गरी सम्बन्धित निकायमा आवश्यक कानूनी कारबाहीको सिफारिस गर्न समिति गठन गरिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८ वैशाख १९ को निर्णय अनुसार सीमित अन्तर्राष्ट्रिय उडान भइरहेको पनि मन्त्रालयले जनाएको छ।



