ओलीले यस्तो कदम चलेपछि माधव नेपाल झस्किए

नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदनदर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ ।

कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने फैसलाविरुद्ध एमाले संस्थापन पक्षले भ्याकेटमा जाने निर्णय गरेको हो ।

पार्टीभित्रको जारी विवाद समाधान गर्न दोस्रा तहका नेताहरूले सक्रियता बढाइरहेका बेला संस्थापन पक्षले भ्याकेट दर्ता गराएपछि खनाल–नेपाल समूहले एकताको नाममाआफूहरूलाई भुलाउने मात्रकाम गरेको निष्कर्ष निकालेको छ ।

एमालेका नेता सुवास नेम्वाङ भ्याकेटमा जाने निर्णय र पार्टीको एकता प्रक्रियाबीच कुनै साइनो नरहेको बताउँछन् ।

उनले पार्टीलाई विधिसम्मतरूपमा अगाडि बढाउन भ्याकेटमा गएको बताउँदै यसले एकतालाई कुनै असर नगर्ने बताए ।खनाल–नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा पार्टी कमिटीलाई ब्युँताए मात्र एकता हुने बताउँदै आएकोमा अध्यक्ष ओलीले भने जेठ ३ पूर्वकै अवस्थामाफर्किन तयार रहेको छबुँदे प्रस्ताव गरेका थिए ।

अध्यक्षओलीले आयोजक कमिटी सदर गर्नुपर्ने भन्दै निवेदन दिएपछि एकता नचाहेको प्रस्ट भएको नेपाल समूहका नेता वेदुराम भुसाल बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

पहिलो पटक नर्वे सेनामा आठ नेपाली युवा भर्ती हुन सफल

र्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन् । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो । जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् ।

उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षका लागि कन्ट्रयाक्ट साईन गरेका हुन्छन् । सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन् ।

तर, यस भर्तीमा भने पेन्सनको व्यवस्था हुँदैन । भर्ती हुनका लागि अन्तर्वार्ता, शारिरिक व्यायामलगाएतका विभिन्न टेस्टहरु पास गर्नुपर्ने हुन्छ ।

भर्ती भएका किरण राना मगर
भर्ती भएका आठ जनामध्ये रोल्पाका किरण राना मगर पनि रहेका छन् । उनी रोल्पाबाट नर्वे सेनामा भर्ती हुने पहिला व्यक्ति समेत हुन् । नर्वे सेनामा भर्ति हुन सफल किरणले सो ठाउँमा पुग्न पाउँदा आफूले निकै गर्वको महसुस गरेको जनाएका छन् । ‘

मेहनतका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको छ’ उनले भने ,‘नेपालीले विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो मेहनत र परिश्रमले केही गर्छ है भन्ने लाग्छ । नर्वे सेनामा भर्ती हुनु म लगाएत मेरो परिवार र देशका लागि समेत गर्वको विषय हो ।’

ब्रिटिस आर्मी र ईण्डियन आर्मीले नेपाली युवाका लागि विभिन्न समयमा भर्ती खुलाउदै आए पनि अन्य विभिन्न देशहरुले भने आधिकारिक रुपमा नेपालीका लागि सेनामा भर्ती खुलाएका छैनन् । कतिपय नेपालीहरु केही समयका लागि कन्ट्रायाक्टमा विभिन्न देशको सेनामा भर्ती भने हुँदै आएका छन् ।

विदेशी सेनामा भर्ती भएका व्यक्तिलाई कतिपय देशहरुले कम समयमै आफ्नो देशको नागरिकता समेत उपलब्ध गराउँदै आएका छन् । नर्वे विश्वकै विकसित देशमध्ये एक हो ।

मानव विकास सूचकांक (ह्यूमन डेभलपमेन्ट ईन्डेक्स)मा समेत नर्वे पहिलो नम्बरमा रहेको छ । नर्वे सेनामा पहिलो पटक नेपाली युवाको समूह समेत भर्ती भएर आफ्नो देशलाई चिनाउन सफल भएका छन् । यो सबैका लागि गर्वको विषय बनेको छ । न्युज अफ नेपाल मा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button