
प्रधानमन्त्री ओलीको गोली हानी हत्या गर्ने काँग्रेस सांसदको घुमाउरो अभिव्यक्ति
नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने आशायको घुमाउरो अभिव्यक्ति दिएका छन् ।

नेपाली काँग्रेसका बाग्मती प्रदेश सांसद वैद्यले शुक्रबार प्रदेश सभामा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रधानमन्त्रीको हत्या गर्ने घुमाउरो अभिव्यक्ति दिएका हुन् ।

प्रधानमन्त्री ओलीमाथि आक्रोश पोख्दै उनले नेपालमा नाथुराम गोड्से जस्ता व्यक्तिको आवश्यकता परेको साथै आवश्यक परे आफू नै गोड्से बन्न तयार रहेको बताएका छन् । घोड्से जो भारतका आदर्शपुरुष महात्मा गान्धिको हत्यारा हुन् । उनले गान्धिलाई ३० जनवरी १९४८ मा गोली हानी हत्या गरेका थिए ।
सांसद वैद्यले प्रधानमन्त्री ओलीले आफ्नो सत्ता बचाउन जे पनि गरेको उनको गम्भीर आरोप छ । ओलीले जे कुरामा पनि सम्झौता गरेको गरेकै उनले बताए । ओलीलाई प्रधानमन्त्री मै रहिरहन दिए नेपालनै खाइदिने उनले आरोप लगाए । त्यसैले यो समयमा ओलीलाई यसरी नै राख्न नहुने उनको दावी छ ।
‘खड्क ओली यसरीनै रहिरहे नेपाल खाइदिन्छ है । मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि’, उनले भने, ‘आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार छु ।’
वैद्यले बोलेको अभिव्यक्ति अमर्यादित भएको आम नागरिक तथा पार्टीकै नेताहरुको भनाइ छ । उनको अधिव्यक्ति चौतर्फी बिरोध भइरहेको छ । त्यस्तै नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पनि वैद्यको अभिव्यक्ति मर्यादित नभएको भन्दै आत्मआलोचना गर्न समेत निर्देशन दिएका छन् ।
उनले ट्वीट गर्दै सडक र सदन दुवैमा संयमता गुमाउनु नहुने ताएका छन् । आफ्नो शब्द फिर्ता लिएर आत्मआलोचना गर्न भन्दै निर्देशन दिएका छन् ।
अज्ञात समुहद्वारा आधा दर्जन सवारी साधनमाथि तोडफोड
दाङ । यहाँको लमहीमा आधा दर्जन सवारी साधनमाथि तोडफोड भएको छ। गएराति अज्ञात समुहले लमहीका विभिन्न स्थानमा पार्किङ गरी राखिएका ती सवारी साधनमाथि इट्टा र ढुंगा प्रहार गरी तोडफोड गरेको हाे।
लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणि खनालको भे १ च २८१२ नम्बरको बोलेरो जीपमाथि अज्ञात समुहले तोडफोड गरी पूर्णरुपमा क्षति पुर्याएको छ ।
यसैगरी जैसवाल फलफूल सेन्टरका संचालक सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा आंशिक क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।
राति बाह्रदेखि एक बजेको बीचमा ती बदमासहरुले तोडफोड गरेछन्, हामीकहाँ अबेर गरी बिहान मात्र सुचना आयो । हामी तोडफोडमा संलग्नको खोजीमा जुटिसक्या छौं,’ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले भने।
घटनास्थलमा पुगेको प्रहरी टोलीले कति स्थानमा रोकेर राखेका गाडीमा तोडफोड भएको छ भन्नेबारे अनुसन्धानको अघि बढाएकाे पौडेलको भनाइ छ।
अपराधिक गतिविधि गरी समाजमा अशान्ति मच्चाउन खोज्नेलाई कानुनी दायरामा लिएरै छोड्ने प्रहरी निरीक्षक पौडेलले बताए।



