
ओली सरकारमा ८ मन्त्री थपिए (नामावलीसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा ८ जना मन्त्री तथा राज्यमन्त्री थपेका छन् । योसहित प्रधानमन्त्री ओलीसहित कुल २५ जना मन्त्रिमण्डलमा रहेका छन् ।

आज थपिएकामा गृहमन्त्री खगराज अधिकारी वरियतामा पाचौं स्थानमा राखिएका छन् । उनी ओलीका विश्वासपात्र हुन् ।

राजकिशोर यादव उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री, नैनकला थापा सञ्चार, ज्वालाकुमारी साह कृषि, नारदमुनी राना वन, गणेशकुमार पहाडी सामान्य प्रशासन, मोहन बानिया प्रधानमन्त्री कार्यालय र आशाकुमारी वि.क. वनराज्यमन्त्री छन् ।
थपिएका मन्त्रीहरु
खगराज अधिकारी, गृह
राजकिशोर यादव, उद्दोग
नैनकला थापा, सञ्चार
ज्वालाकुमारी साह, कृषि
नारदमुनी राना, वन
गणेशकुमार पहाडी, सामान्य प्रशासन
मोहन बानिया, प्रधानमन्त्री कार्यालय
आशाकुमारी वि.क., वनराज्यमन्त्री

हत्या गरेको आरोपमा रुपन्देहीबाट पाँचजना पक्राउ
ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीले लुम्विनी साँस्कृतिक नगरपालिका वडा-४ मनौराका ३५ वर्षीय महेन्द्र यादवको हत्या गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बस्ने बर्ष २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान ,२४ वर्षीय राकेश यादव ,२० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।
गत जेठ २३ गते जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बन्दरगढस्थित यादवको शव फेला परेको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) थान-१, पानी तान्ने नलको ह्याण्डर (हत्ता) थान-१ र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा थान-१ सहित अन्य प्रमाणहरु बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिन म्याद थप भइ अनुसन्धना भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रबिन्द्र महतले बताए ।



