सुदुरपश्चिममा पनि धोका पाएपछि गोकुल बाँस्कोटा रन्थनिए
सुदुरपश्चिममा पनि नेकपा (एमाले) माधव नेपाल समुहका सांसदहरुले फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई जिताएपछि ओली समुहका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटा रुष्ट भएका छन् । उनले माधव नेपाल समूहलाई खरानी समूहको संज्ञा दिएका छन् ।

उनले नेपाल समूहले विधि, पद्धती, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्रको जोगाउने भनेपनि त्यो अनुरुपको काम नगरेको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिँदा नेपाल समूहका १७ जना सांसदले फ्लोर क्रस गरेका थिए । एमालकै मत पाएर भट्टको मुख्यमन्त्रीको पद जोगीएको छ ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘विधि,पद्दती,अनुशासन,संघीयता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई।माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकामना !!
नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८,००० नाघ्यो
नेपालमा विगत २४ घण्टामा ५,१५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मङ्गलवार मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार थप १०८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको उल्लेख छ।
कुल १७,६७६ वटा नमुनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्। थप ६,५७० सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ९५ हजार नाघेको छ।
अहिलेसम्म पाँच लाखभन्दा बढी सङ्क्रमितहरू निको भइसकेका छन्।
कुल सङ्क्रमितमध्ये ८४.७ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्। अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ८,०९८ पुगेको छ।
मन्त्रालयका अनुसार अहिले मृत्यु पुष्टि भएका मानिसको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएको शवको सङ्ख्या पनि समाविष्ट छ।
अहिले काठमाण्डूमा ११,४२३ जना, ललितपुरमा ३,४५४ र भक्तपुरमा ४,५०१ जनामा सक्रिय सङ्क्रमण छ। देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७६,५५० जना घरमै, ६,१८६ जना संस्थागत आइसोलेशनमा र बाँकी अस्पतालमा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार अहिले देशका विभिन्न स्थानमा १,३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा छन्।
अब अमेरिका प्रवेश गरेकाहरुलाई ग्रीनकार्ड नदिने सर्वोच्च अदालतले गर्यो फैसला
अमेरिकालाई आफ्नो सपनाको शहर बनाउनेहरुका लागि दुखलाग्दो खबर सार्वजनिक भएको छ । अमेरिकाको सर्वोच्च अदालतले अब अवैध रुपमा अमेरिका प्रवेश गरेकाहरुलाई अब ग्रीनकार्ड नदिने फैसला गरेको छ ।
साथै अमेरिकाको विभिन्न कार्यक्रम अन्तर्गत अस्थायी रुपमा गएका र उतै बस्ने योजना बनाएकाहरुले पनि ग्रानकार्ड नपाउने भएका हुन् । अमेरिकाले अन्य कामका लागि त्यहाँ पुगेका र आफ्नो मुलुक फिर्ता गराउनबाट रोकिएका मानिसलाई ग्रीनकार्डको आवेदन दिनबाट रोक्न सरकारलाई अदालतले निर्देशन दिएको छ ।
अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश एलेना कागनले सोमबार यस्तो निर्देशन दिए पछि अमेरिकामा बस्न विभिन्न बहाना बनाएर भिषा थपिरहेका नेपालीहरु पनि प्रभावित हुने भएका छन् ।
यो निर्णयले अमेरिका अवैधरुपमा प्रवेश गरेर उतैको नागरिक बन्ने योजनामा रहेकाहरु प्रभावित हुने बताइएको छ ।
टीपीएस कार्यक्रममा बसिरहेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति पाउने आशा पनि यो निर्णय संगै हराउने भएको छ ।
अमेरिका अवैधरुपमा प्रवेश गरेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति दिन नहुने आवाज यसअघि पनि उठ्दै आएको भए पनि कार्यान्वयन नहुँदा विभिन्न मुलुकका नागरिकले फाइदा उठाउँदै आएका थिए ।
अल सल्भाडोरबाट अवैधरुपमा आएको एक दम्पत्तीको मुद्दाको छिनोफानोको क्रममा सर्वोच्च अदालतले यस्तो फैसना सुनाएको हो । अमेरिकाको टीपीएस कार्यक्रममा नेपालसहित संकट तथा युद्धको सामना गरेका अन्य १० मुलुक छन् । यसको प्रभाव नेपाली नागरिकलाई पनि पर्ने भएको छ ।



