अब मैले फेरी जिते भने विश्व चकित हुनेछ : ओली
२८ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले एक कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा आफुले आफ्नो कार्यकालमा गरेको राम्रो कार्यको प्रसंशा गरेका छन् । साथै उनले आफ्नो पार्टी र आफ्नो कार्यकालमा हुने योजना पनि सुनाएका थिए ।
उनले आफ्नो पार्टीलाई उनले आफ्नो व्यापक बनाएर आँधीका रूपमा लैजाने बताए। उनले आफ्नो भाबी योजना यसरि ब्यक्त गरे` राष्ट्रियतालाई मजबुत बनाउनु छ। स्वाधीनतालाई मजबुत बनाउनु छ। भौगोलिक एकता र समृद्ध नेपाल बनाउन हामी निकै अघि बढेका छौँ। नेपालको इतिहासमा उल्लेख्य टर्निङ प्वाइन्टका रूपमा रहने छ।
धेरै काम भएको छ। विश्व चकित हुने गरी भएको छ। विश्वका तीव्र आर्थिक वृद्धि गर्ने १० देशमा नेपाल परेको छ। विश्वभर नेपालको चर्चा हुने गरेको छ। अहिले भारतका हरेक नागरिकलाई नेपालको प्रधानमन्त्रीको नाम कण्ठै छ।
अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो नाम सुनिन थालेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुखी नेपाली र समृद्ध नेपालुको नाराको प्रशंसा गर्नु भएको छ। चीनका राष्ट्रपतिले पनि सही गन्तव्य भन्नु भएको छ। तर प्रचण्ड र माधव नेपालले यो राष्ट्रिय आकांक्षाबारे बोल्नु भएको सुन्नु भएको छरु बरु ढुङ्गो बोल्ला उहाँहरु बोल्नु हुन्न। किनकी यसको जस, श्रेय कसैलाई जान्छ कि भन्ने उहाँहरूलाई छ। मलाई श्रय चाहिएको छैन। नेपाली जनता भोकै बस्ने अवस्थाको अन्त्य हुन पर्यो।