अति नै भएपछि झोक्किए प्रधानन्यायाधीश : प्रधानमन्त्री पक्षका वकिललाई दिए मानहानीको मुद्दा चलाउने चेतावनी

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरुमाथिको सुनुवाइ भइरहेको बेलामा विवाद चर्किएको छ ।

सुनुवाईका लागि गठित संवैधानिक इजलासमाथि फेरि प्रश्न उठाउँदै निवेदन परेपछि प्रधानन्यायाधीश पनि झोक्किएका छन् ।

अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासमा आज समेटिएकासहित रोष्टरमा रहेका ११ जना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन पेस गरे पछि प्रधानन्यायाधीस झोक्किएका हुन् ।

संसदीय सुनुवाइबाट आएका र कल्याण श्रेष्ठ र सुशीला कार्की प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष हुँदा नियुक्त भएका न्यायाधीशलाई इजलासमा राख्न नमिल्ने भनी अधिवक्ता राजाराम घिमिरेले पेस गरेको रिट समेत इजलासमा गएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले घिमिरेलाई निवेदन फिर्ता लिन भन्दै निवेदन फिर्ता नलिने हो भने अदालतको मानहानीमा मुद्दा चलाउने चेतावनी दिएका छन् ।

‘अहिले जुन निवेदन राख्नुभयो यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन । यो निवेदन फिर्ता लानुस् अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु’, राणाले वकिललाई सोधे, ‘दर्ता गर्ने कि परिणाम भोग्ने रु’ यस्तै राणाले संयमित हुन पनि सबैमा अनुरोध गरेका छन् । ‘यो आफैंमा गम्भीर विषय हो । तपाईंहरुले इजलासको मर्यादा कायम राख्नुपर्छ । इजलास प्रतिको विश्वास तपाईंहरुको कर्तव्य हो’, राणाले भने ।

जब पोजेटिभ भएका नेतालाई बचाउन काठमाडौं छिरेका न्यौंपाने भने घर फर्किन पाएनन्

आफ्नो क्षेत्रका नेता संक्रमित भएपछि उपचारका लागि काठमाडौ ल्याएका उनको मतदाता भने काठमाडौमै अस्ताए । अरुलाई सहयोग गर्न आएका उनी आफै संक्रमित भएर संसार छोडे ।

नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर ३ का सचिव खिमबहादुर वली संक्रमित भएपछि अस्पताल ल्याएका गाउँका ६४ वर्षका लक्ष्मण न्यौपाने आफै संक्रमित भएर काठमाडौमा अन्तिम सास फेरे ।

उनी नेता वलीलाई लिएर वैशाख १८ गते एम्बुलेन्समा काठमाडौ आएका थिए । दुवै जना तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ प्रिगाउँ निवासी भएका कारण सहयोग आदान प्रदान हुन्थ्यो ।

छिमेकी त्यस माथि पनि नेता अस्वस्थ्य भएपछि न्यौपाने सहयोगका लागि अघि सरे । सुरुमा उनलाई प्रहरी हस्पिटल महाराजगञ्जमा भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौ ल्याइएको थियो ।

नातामा दाई पर्ने वली विरामी भएर पनी होम आइसोलेसनमा बसेका थिए । स्वासप्रश्वासमा समस्या भएपछि मात्रै उनी काठमाडौं आएका थिए । नेता वलीको रेखदेखमा दाजु नाता पर्ने न्यौंपाने रातदिन खटिए। १५ दिन पछि वलीको स्वास्थ्यमा सुधार आयो भने न्यौंपानलेलाई ज्वरो, रुघाखोकीको लक्षण देखियो ।

अब उपचारमा सहयोग गर्ने पालो नेता वलीको थियो । उनी पनि त्यसैगरी न्यौपानेको सेवामा लागे । तर महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि भर्ना भएका न्यौंपानेको स्वास्थ्य अवस्था बिग्रदै जानथाल्यो। जेठ २१ गते बेलुका साढे ५ बजे न्यौंपानेको निधन भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button