जेठ २ मा फर्कन ओली तयार, राखे माधव नेपालसंग यस्तो सर्त

नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् ।

तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको नेपाल समूहका एक नेताले बताएका छन् ।

पार्टी एकताका लागि ओली समूहका पूर्वसभामुख सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू सघन छलफलमा जुटेका छन् । पार्टी एकता जोगाउन विभिन्न तहमा संवाद भइरहेको जानकारी दिँदै नेम्वाङले भने ‘सहमति निर्माण गर्ने विषयमा हामी लागिरहेका छौं ।

आशा गरौं, पार्टी एकता बचाउन सकिन्छ ।’ नेपाल समूहका नेता पाण्डेले पनि पार्टी एकता जोगाउन र सहमति निर्माणका लागि प्रयास भइरहेको बताए ।

यता, एमाले एकताका लागि एमालेका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरू वार्तामा बसिरहेका बेला माधव नेपाल पक्षीय जनसंगठनका नेताहरूले भने त्यसलाई धोकाको संज्ञा दिएका छन् ।

एमालेका नेपाल समूहको भ्रातृ संगठनहरूको सामूहिक बैठकमा सहभागी नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनाधिकृत हुने टिप्पणी गरेका छन् ।

नेता नेपालको सहभागितामा जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकले अब ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने सुझाव दिएका छन् ।

एकताको नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई ओली पक्षसँगको वार्ताबाट फिर्ता हुन जनसंगठनका नेताहरूले माग गरेका छन्  नेपाल समूहका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकताको नाममा धोका हुने भएकाले तत्काल पार्टी विभाजन गर्नुपर्ने सुझाव दिएका थिए ।

बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताको नाममा फेरि पनि ओलीले अलमल्याउने सम्भावना रहेकाले नेतृत्व थप सचेत हुन आवश्यक रहेकोमा जोड दिएका थिए । यो समाचारनेपाल समाचारपत्र दैनिकमा छ ।

निषेधाज्ञामा एमाले नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी रमिते

कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ। निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ।

निषेधाज्ञाकै अवधिमा सत्तारुढ दल नेकपा एमालेकै नेताले, जिल्लाको ग्रामीण भेगमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्न थालेका छन्। निषेधाज्ञाको समयमा सत्तारुढ दलका नेताले कार्यक्रम गर्दा प्रशासन भने मुकदर्शक बनेको छ।

एमालेका नेता एवम् पूर्वसांसद राजकुमार गुप्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत ३ दिनयता आफनो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै आएका हुन्। एमाले नेता गुप्ताले जेठ १७ गते पोखरीया, औरही, सन्ठी, बहुअर्वामा कार्यकर्ता भेला गरेका थिए।

जेठ १८ गते पनि नेता गुप्ताले पोखरीया नगरपालिका ९ शीवबर्वामा कार्यकर्ता भेलाका साथै पार्टी प्रवेश कार्यक्रम गरेका थिए।

नेता गुप्ताले निषेधाज्ञामा भीडभाड गरेर चुनावको प्रचार गर्दै राजनीतिक कार्यक्रम गरेको तस्बिर र समाचार विभिन्न अनलाइन मिडिया र सामाजिक सन्जालमा भाइरल भएका छन्।

भीडभाड गरेर चुनावी कार्यक्रम गरिएको तस्बिर र समाचार भाइरल भएपछि त्यसको आलोचना भइरहेको छ।

नेविसंघ पर्साका नेता विकास तिवारीले निषेधाज्ञामा औषधि किन्न आउने व्यक्तिलाई समेत रोकेर कुटपिट र दुर्वव्यहार गर्ने प्रहरीले चुनावी कार्यक्रम गर्दै हिँडेका सत्तारुढ दलका नेतालाई केही नभन्नुले आश्चर्य लागेको बताएका छन्।

एमाले नेता गुप्ताले निषेधाज्ञा उल्लघंन गरेर गाउँमा भीडभाड गरेर आयोजना गरेका कार्यक्रमको तस्बिर सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै तिवारीले लेखेका छन्,‘निषेधाज्ञामा नेतालाई चुनावी कार्यक्रम गर्न सरकारले के छुट दिएको हो ?के नियम कानुन सर्वसाधरण जनतालाई मात्र लाग्ने हो?’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button