
रामकुमारी झाँक्री राष्ट्रपति माथि फेरी कडा रुपमा प्रस्तुत
एमाले नेता रामकुमारी झाँक्रीले फेरी राष्ट्रपति विद्या देवी भण्डारी माथी आगो ओकलेकी छन् । उनी ओली पक्षद्वारा नेकपा एमालेबाट निष्कासित नेता हुन् । माधव नेपाल समुहकी नेता झाँक्री राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओली प्रति निकै कडा रुपमा प्रस्तुत हुन्छिन् ।

जसका कारण उनी बेलाबेलामा विवादित समेत बन्ने गर्छिन ।

उनले फेरी राष्ट्रपति विद्यादेवी भण्डारीले समानान्तर सत्ताको अभ्यास सुरु गरेको आरोप लगाएकी छन् । राष्ट्रपतिले लिखित र टेलिफोन सम्बाद मार्फत खोपका लागि विभिन्न मुलुकका राष्ट्र प्रमुखहरुसंग गरेको कुटनीतिक पहलवाट झाँक्री झस्किएकी हुन् । उनले समानान्तर सत्ताको अध्यास हो की भनेर आशंका गरेकी छन्।
प्रधानमन्त्रीलाई नाघेर खोप सहयोगका लागि मित्र राष्ट्रका प्रमुखलाई आफैंले धमाधम पत्राचार गर्न थालेपछि नेत्री झाँक्रीले प्रतिकृया दिएकी छन् ।
‘राष्ट्रपति संस्था संविधानको संरक्षक र कानुनको परिपालक हो। उसका सम्पूर्ण कामलाई संविधानले सीमित गरेको छ,’ विघटित संसदकी सांसदसमेत रहेकी झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘लोकरिझ्याइँका लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो।
यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइनरु कि धुमिल भएको छवि बचाउने प्रपञ्चरु’
खाना पकाउने ग्यास सिलिण्डर प ड् किदा ३ बालबालिका सहित ७ जनाको मृत्यु , २ घर भत्किएर १४ जना पुरीए
खाना पकाउने ग्यास सिलिण्डर वि स्फो ट हुँदा भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा ७ जनाको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा दुईवटा पसल भत्किएका छन् । घटनामा थुप्रै मानिस घाइते भएका छन् । पसलको भवन भत्किदा १४ जना पुरीएका थिए । जसमध्य ७ जनाको निधन भएको छ भने अन्यलाई उद्दार गरिएको छ ।
मृत्यु हुनेमा दुई पूरुष, दुई महिला र तीन बच्चा छन् । घाइते भएकाहरुको अवस्था पनि ग म्भी र रहेको भारतीय मिडिया दैनिक भास्करले जनाएको छ । त्यसैकारण उनीहरुलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारलगत्तै लखनऊस्थित ट्रमा सेन्टर लगिएको छ ।
युपीका मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितहरुलाई तत्कालै उद्धार गर्न र राहत बाँड्न निर्देशन दिएका छन् । त्यस्तै उनले घटनाको उच्च स्तरीय जाँच गर्न पनि आदेश दिएका छन् ।
बि स्फो टमा ढुले का यी दुबै पसल एकआपसमा जोडिएका थिए । स्थानीयका अनुसार टिकरी गाउँ निवासी नुरुल हसनसँग् प टा का बनाउने लाइसेन्स थियो । मंगलबार राती ११ बजे आसपास उनको घरमा बि स्फो ट भयो ।
यो यति तेज थियो कि नुरुल हसनको पसलमात्रै नभएर नजिकैको पसल पनि जमिनमा ढ ल्यो । स्थानीयको सुचनापछि घटनास्थल पुगेको प्रहरीले जेसीबी र पोकलेन मेसिहरुको सहयोगमा भग्नावशेष हटाएर पीडितको उद्धार गरेको थियो ।
घटनाको कारण पत्ता लगाउन फोरेन्सिक टोली बोलाइएको छ। एसपीले भने कि सिलिन्डर वि स्फो टका कारण छत बिग्रियो। अहिले हाम्रो प्राथमिकता राहत र उद्धार कार्य हो। जुनसुकै तथ्यहरु देखा पर्दछ, त्यस अनुसार थप कारवाही गरिनेछ।



