
अन्तिममा आएर पछि हटे ओली, माधव नेपाल पक्षका बारेमा गरिदिए यस्तो निर्णय
वि’वाद चरम उ’त्कर्षमा पुगेको बेला बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ। मंगलवारको बैठकले माधव नेपाल पक्षका १२ जना सांसदलाई कारवाही गर्ने निर्णय आउन सक्ने सम्भावना थियो । बैठकमा उनीहरुलाई कारवाही गर्ने विषयमा छलफल समेत भएको छ ।

बैठकले माधव नेपाल पक्षका १२ जना सांसदलाई कारवाहीका लागि पत्र पठाएको थियो । मंगलवारको वैठकले पनि उनीहरुलाई कारवाही भएको जानकारी आएको छैन । एमालेका दोस्रो तहका नेताहरु एकताका लागि अझ प्रयासमा रहेकाले कारवाही नभएको हुनसक्ने बुझिएको छ ।

यद्धपी बैठकले भने अब माधव नेपाल पक्ष नफर्कने निष्कर्षमा पुगेको छ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै सर्वोच्च अदालत समेत पुगेका नेपाल पक्ष फेरी पार्टीको निर्देशन मान्न फर्कने सम्भावना कम रहेको आँकलन नेताहरुले गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा पनि माधव पक्षले अ’न्तर्घा’त गरेको निष्कर्ष निकालेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित भएका थिए। एमालेको पार्टीभित्र देखा परेको विवाद समाधानका लागि बनाइएको कार्यदल पुनर्गठन गर्ने विषयमा पनि कुराकानी भएको नेता ज्ञवालीले बताएका छन् ।
त्यसको उपादेयता सकिएका कारण पुनर्गठनको कुरा उठेको उनको भनाई छ । उनले देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेका नेताहरुलाई पनि आफ्नो पार्टीको धारमा फर्काउने प्रयास अझै जारी रहेको बताएका छन् ।



