
‘एसियाको भविष्य’का नेताका रुपमा प्रधानमन्त्री ओली छनौट
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ ।

२६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिपले नै देश माथी लैजाने हो ।

जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्युचर अफ एसिया शिर्षकमा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ । एसियाको भविष्यका नेता छानिनु देशकै गौरव हो भने विकास र समृद्धिको बाटोमा देश अगाडी बढेको सुभ संकेत पनि हो ।
विश्वका शक्तिशाली मुलुकहरुले समेत नेपालको नेतृत्वको बारेमा प्रशंसा गरिरहेको समयमा नेपालका राजनीतिक दल भने राजनीतिक खिचातानीमा नै व्यस्त रहेका छन् ।
एसियाकै भविष्य निर्धारणका मुख्य पात्रको रुपमा परिचित हुँदै जानुभएका प्रधानमन्त्री ओलीको विरुद्धमा माओवादी केन्द्र तथा नेपाली कांग्रेस भने वर्तमान ओली नेतृत्वको सरकार ढालेर मुलुकलाई पुनः कालो बादलतिर धकेल्ने प्रयास गरिरहेका छन् ।
कोरोना बिरुद्द खटिएकि नर्स जसले बच्चालाई जन्म दिएर आफु सधैका लागि संसार छाडिन
कोरोना महामारीले विश्व आक्रान्त छ । दिनमै हजारौं जनाले ज्या न गु मा इर हेका छन् । कोरोना नियन्त्रणको अग्रभागमा खटिने जनशक्ति ज्यानको बाजी लगाएर ल डि रहेकाछन् ।
भारतको छत्तिसगढ स्थित कबिरधाम जिल्लामा एक गर्भवती नर्स जसले अन्तिम समयसम्म सेवामा खटिँदा खटिँदै बच्चाको जन्म दिएर आफू कोरोनाको कारण ज्या न ग मा एकी छिन् ।
उनी आफ्नौ नौ महिनाको गर्भ सहित विरामीको सेवामा खटिइरहेकी थिइन् । प्रभा नामकी उनी स्थानीय एक प्राथमिक स्वास्थ्य केन्द्रको कोभिड वार्डका काम गर्दै आएकी थिइन् ।
हस्पिटल नजिक कोठमा बसेर हस्पिट आउने जाने गर्ने उनलाई प्र सव पी डा भएसँगै अस्पतालमा भर्ना गरियो । अपरेशन गरेर एक छोरी जन्माइन् । अप्रिल ३० मा बच्चाको जन्म दिएकी उनका जटिल कोरोना संक्रमण देखिएसँगै अस्पतालमा उपचार गर्दागर्दै गत मे २१ म ज्या न गु मा इन् । एजेन्सी
यो पनि , सङ्क्रमणदरमा केही कमी
काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमणदर घटेर ६५ मा आएको जनाइएको छ ।
अघिल्ला हप्ताहरुमा अत्यधिकरूपमा कोरोना सङ्क्रमित बढेपछि महानगरले गत शनिबादेखि स्वाब सङ्कलनका लागि पाँचवटा केन्द्र बढाएर हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । अहिले महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको छ ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ ।
“कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ, जसले गर्दा अघिल्लो हप्ताको तुलनामा केही कमी आएको छ”, उहाँले भन्नुभयो ।
परीक्षण मात्रै होइन परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजेटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग महानगरले तीन हप्ताअघि नै सम्झौता गरिसकेको छ । महानगरका सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् ।
कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घरोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जोकोहीले ११८० हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।
हालसम्म महानगरपालिकामा ५९ हजार ४४५ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ४७ हजार ९९७ निको भएको जनाइएको छ । हाल ११ हजार ४३ सक्रिय सङ्क्रमित छन् ।
सबैभन्दा बढी वडा नं ३२ मा पाँच हजार ५४१, वडा नं १६ पाँच हजार ३५२ रहेको छ भने सबैभन्दा कम वडा नं १८ मा २५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणकै कारण हालसम्ममा ४०५ ले ज्यान गुमाएका छन् ।
महानगरमा हाल रहेका सङ्क्रमितमध्ये १० हजार ३६८ होम आइसोलेशनमा छन् भने १२८ जना संस्थागत आइसोलेशनमा र ५४६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।



