कहाँबाट आयो प्रधानमन्त्री पत्नी राधिकासँग यति धेरै सम्पत्ति? भक्तपुरदेखि झापासम्म जग्गा कति छ ?

नेपालमा अधिकांश नेताहरूका श्रीमती ‘धनी’ हुन्छन्। नेताहरू चाहिँ आर्थिक रुपमा विपन्न। कसरी? जति–जे सम्पत्ति हुन्छ, त्यो श्रीमतीको नाममा राखेपछि अख्तियारले देख्दिैन।

अख्तियारले खोजी हाले श्रीमतीले कमाएको भनिदियो, सकियो। प्रधानमन्त्री केपी शर्मा ओलीको पनि त्यस्तै अवस्था देखिएको छ। प्रधानमन्त्री भएपछि ओली हरेक दिनजसो अलग–अलग पोसाकमा देखिन्छन्।

तर, श्रीमतीभन्दा गरीव छन् प्रधानमन्त्री ओली। यसैबीच, ओली नेतृत्वको सरकारमा मन्त्रीहरूले गतमहिना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पत्ति विवरण बुझाएका छन्।

एमाले अध्यक्ष समेत रहेका ओलीकी श्रीमतीको नाम सम्पत्ति छ। प्रधानमन्त्री ओलीको नाममा जग्गा जमीन छैन। उनको सम्पत्ति विवरण अनुसार तलबभत्ता वापतको ४२ लाख रुपैयाँ एभरेष्ट बैंक लिमिटेडमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।

श्रीमती राधिका शाक्यको नाममा भक्तपुरदेखि झापासम्म जग्गा रहेको उल्लेख गरिएको छ। भक्तपुरको सूर्यविनायक–२ मा डेढ रोपनी जग्गामा २ तीन तले घर पनि राधिकाकै नाममा रहेको छ।

तेह्रथुममा जन्मिएका ओलीको बसाई झापाको पृथ्वीनगरमा थियो। तर, त्यहाँ उनले जग्गा किनेनन्। राधिकाको नाममा १० कठ्ठा जग्गा, १८ तोला सुन, प्रभु बैकमा ६ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकमा ४ लाख रुपैयाँ रकम पनि राधिकाकै काममा रहेको छ।

राधिकाकै नाम २५ लाख रुपैयाँ बराबरको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ। सम्पत्ति विवरणमा ओली पत्नी राधिकाले आफै कमाएको अर्थात् स्वआर्जन भनिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशक पदबाट अवकाशप्राप्त प्रथम श्रेणीकी अधिकृत शाक्यले भक्तपुरदेखि झापासम्म कहिले जग्गा किनिन् भन्ने विषय उल्लेख छैन। यद्यपि, प्रधानमन्त्री पत्नीसँग यति सम्पत्ति हुनु कुनै नौलो विषय नभएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका एक अधिकृत बताउँछन्।

अस्पतालमा रगत अभाव हुन नदिन एमालेद्धारा रक्तदान

 महामारीका समयमा संक्रमित र अन्य विरामीलाई रगतको अभाव नहोस भनेर बाँकेमा नेकपा एमालेले रक्तदान कार्यक्रम गर्ने भएको छ । माधव नेपाल समुहको नेकपा एमालेले रक्तदान कार्यक्रम गर्न लागेको हो । बाँकेमा नेपाल समुहका अध्यष अशोक कोइराला छन् ।

उनकै नेतृत्वको नेकपा एमाले बाँकेले रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार विहान ८ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने सचिवालय सदस्य अव्दुल हुसेन खाँले जानकारी दिए ।

एमाले बाँकेमा अस्पतालमा रहेका विरामी र उनीहरुका कुरुवाका लागि प्रति छाक ३० रुपियाँमा खाना खुवाईरहेको छ । युबा संघ स्थायी कमिटी सद्स्य तथा बाके जिल्ला अध्यक्ष कुश्माखर बस्यालले रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

एउटा यस्तो ग्रह जहाँ चट्टानको वर्षा हुन्छ, लाभाको समुद्र छ अनि ध्वनिभन्दा तीव्र वेगमा हुरी चल्छ

केटू-१४१बी (K2-141b) नामक ग्रहमा पानीको होइन, चट्टानको वर्षा हुन्छ। त्यहाँका समुद्रहरू ज्वालामुखीबाट निस्किने लाभाबाट बनेका छन् र ती १०० किलोमिटर गहिरा छन्।

अनि त्यहाँ चल्ने हुरी ध्वनिको गतिभन्दा चार गुना बढी वेगले चल्छन्। “यो अत्यन्तै गजबको ग्रह छ जहाँ मौसम चरम खालका छन्, जहाँ खनिजको वर्षा र हिमपात हुन्छ अनि जहाँ ध्वनिभन्दा धेरै वेगमा हुरी चल्छ,” खगोलशास्त्री तथा प्रमुख लेखक ट्यु ग्याङ् नगुयेनले बीबीसीलाई बताए। “यो बस्नलाई उचित ठाउँ होइन तर अध्ययन गर्नको निम्ति गजबको ग्रह हो।

हामीले पृथ्वीमा त्यतिकै ग्रहण गरिरहेका कुराहरूको तुलना गर्दा त यो ग्रह बिछट्टको छ!” उनका सह-अन्वेषक प्राध्यापक निकोलस कोवनले भने।

भारत तथा क्यानडाका खगोलशास्त्रीहरूसँग मिलेर उनीहरूले केटू-१४१बी ग्रहका पछिल्ला खोजबारे नयाँ लेख प्रकाशित गरेका छन्। केटू-१४१बी लाई अर्को नाम इपिक २४६३९३४७४.०१ बाट पनि चिनिन्छ।

यो ग्रह २०२ प्रकाश वर्ष टाढा रहेको एक्वारियस तारामण्डलमा पर्छ। यो अग्निज्वालायुक्त र बस्न अयोग्य संसारमा समय पनि चाँडै व्यतीत हुन्छ: केटू-१४१बी ग्रहले उसको तारालाई सात घण्टामै एक फन्को लगाइसक्छ।

यसको तारालाई खगोलशास्त्रीहरूले ‘अरेन्ज ड्वार्फ’ प्रकृतिको भएको बताउँछन् – जुन हाम्रो सूर्यभन्दा निकै चिसो छ – र मधुरो पनि छ जसले गर्दा पृथ्वीबाट देख्न पनि सकिँदैन।

“यो ज्वालामुखीको लाभाको ग्रह हो,” भारतको विज्ञान शिक्षा एवम् अनुसन्धान इन्स्टिच्यूट (कोलकाता), योर्क विश्वविद्यालय (टोरन्टो, क्यानडा) र मक्गिल विश्वविद्यालय (मन्ट्रीओल, क्यानडा) का वैज्ञानिकहरूको भनाइ छ। साथै यसलाई “सुपर-अर्थ” पनि भनिएको छ किनकि आकारमा यो हाम्रो पृथ्वीजत्रै भए पनि यसको पिण्ड पृथ्वीको भन्दा पाँचगुना धेरै छ। अर्थात् केटू-१४१बी को गुरुत्वाकर्षण शक्ति पृथ्वीको भन्दा पाँचगुना शक्तिशाली छ।

केटू-१४१बी लाई सबभन्दा पहिले सन् २०१८ मा केप्लर स्पेस टेलिस्कोपको “केटु मिशन,” ले पत्ता लगाएको भए पनि अहिले आएर अनुसन्धानकर्ताहरूले यो ग्रहको विचित्र गुणहरू थाहा पाउँदैछन्। केटू-१४१बी ग्रहले केही घण्टामै आफ्नो ताराको परिक्रमा गरिसक्ने भएपनि यो ग्रह पृथ्वीजस्तै आफ्नै अक्षमा पनि भने घुम्दैन।

“जसको अर्थ हुन्छ: यो ग्रहको दुईतिहाइ भूभाग सधैँ प्रकाशतर्फ फर्किएको हुन्छ र जहिल्यै पनि दिनमात्र हुन्छ। त्यो भूभागमा तापक्रम ३,००० डिग्री सेल्सीअससम्म पुग्छ,” प्राध्यापक कोवनले बताए।

अनि विपरीत भूभागमा भने सधैँ रात हुन्छ र तापक्रम माइनस २०० डिग्रीमा झर्छ। तापक्रममा यति धेरै फरक हुनाले त्यहाँको मौसम पनि चरम प्रकारको हुन्छ… अनि खगोलशास्त्रीहरूले भनेजस्तै “चट्टानको वर्षा” हुन्छ।

पृथ्वीको जलचक्रलाई एक पटक स्मरण गरौँ – सतहबाट पानी बाफिएर उड्छ, बादलमा परिणत हुन्छ र वर्षाका रूपमा झरेर ताल तथा समुद्रमा पानी घट्न दिँदैन। यही प्रक्रिया चलिरन्छ।

तर केटू-१४१बी ग्रहमा भने यही चक्र पानीको होइन चट्टानको चलिरहन्छ!” प्राध्यापक कोवनले भने। “तपाइँले के बुझ्नुपर्‍यो भने यो ग्रहमा सबैथोक चट्टानले बनेको छ,” उनले भने। प्रकाश पर्ने ग्रहको भागमा “तापक्रम यति धेरै हुन्छ कि चट्टान पग्लिएर अनि वाष्पीकृत भएर पातलो वातावरणमा उड्छ। एकदमै अनौठो!”

“तर प्रका नपर्ने अँध्यारो भागमा भने वातावरण नै छैन। एकदमै चिसो र जमेको छ,” उनले भने। ग्रहको उज्यालो [तातो] र अँध्यारो [चिसो] भागबीच तापक्रम र चापमा यस्तो धेरै फरकका कारण त्यहाँ ध्वनिभन्दा धेरै वेगमा हुरी चल्छ – झन्डै ५,००० किलोमिटर प्रतिघण्टा वेगमा।

त्यस्तो हुरीले “वाष्पीकृत चट्टानका कण उडाएर अँध्यारो भूभागमा पुर्‍याइदिन्छ जहाँ चिसोका कारण ती चट्टान ससाना कणमा जम्छन्,” प्राध्यापक कोवनले भने। “त्यसबाट चट्टानको वर्षा वा चट्टानको हिमपात हुन्छ जो तल म्याग्मा समुद्रमा खस्छन्,” उनले थपे।

“केटू-१४१बी ग्रहबारे यो अध्ययनले पहिलो चोटि मौसमको अनुमान गरेको छ,” नगुयेनले भने। “सयौँ प्रकाश वर्ष टाढाबाट अत्याधुनिक टेलिस्कोपको प्रयोग गरेर” यसो गर्न सम्भव भएको बारे उनले उत्साह प्रकट गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button