काठमाडौंका सिडिओ भन्छन् : निषेधाज्ञामा खानै नपाउने अवस्था आउँदैन

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कडा बनाए पनि नागरिकले खानै नपाउने अवस्था आउँछ कि भनेर आत्तिनुनपर्ने बताएका छन् ।

बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्ने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले जेठ १४ देखि २० गतेसम्म निषेधाज्ञा कडा गरेपनि नागरिकलाई समस्या पर्न नदिने बताए ।

खानेकुरा सकिए वडा कार्यालयले राहत वितरण गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । ‘आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत् त्यस्तो व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ’ उनले भने, ‘कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन । ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रवन्ध पनि गर्छौं ।’

समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने प्रजिअ पराजुलीले बताए । ‘जुन नगरपालिकाका नागरिक त्यस्तो आपत् विपत्मा पर्नुहुन्छ, उहाँहरुको सम्बन्धित वडा अध्यक्ष, नगरपालिकाको मेयरसित सम्पर्क राख्ने व्यवस्था गर्नुभयो भने यो समस्याबाट समाधान हुन्छ’ उनले भने ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जेठ १४ देखि २० गतेसम्मको निषेधाज्ञामा किराना पसल पनि बन्द हुनेछन् । तर चामल, दाल किन्ने व्यवस्था मिलाउने प्रजिअ पराजुलीले बताए ।

‘कुनैपनि नागरिकलाई चामल किन्न, दाल किन्न पाइएन । हामी भोकले मर्ने स्थिति आयो भन्ने अवस्था सिर्जना हुन दिदैनौँ त्यस्तो भ्रममा नपर्न अनुरोध छ’ पराजुलीले भने ।

उनले कोरोना संक्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनसाय नराखेको बताए ।

नोबेल अस्पतालमा अक्सिजन अभाव, कोरोनाका नयाँ बिरामी भर्ना नलिने

विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना लिन बन्द गरेको छ । अक्सिजन अभाव भएपछि नयाँ बिरामीको भर्ना बन्द गरेको नोबेल अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलमा १७५ जना संक्रमित उपचाररत छन् । ती संक्रमितको लागि एक रातमा १८० सिलिण्डर चाहिन्छ । अक्सिजन अभाव हुँदा भर्ना भएका संक्रमितको उपचारमा समस्या भएपछि नयाँ भर्ना रोकिएको उनले बताए ।

हाम्रो मेसिन चल्दा १८० सिलिण्डर थप चाहिन्छ,’ उनले भने, ‘पाँच वटा उद्योगमा धाएर एक सय सिलिण्डर भेला पार्‍यौं, ८० सिलिण्डर म्यानेज हुँदा आजको रातलाई पुग्छ ।’

नोबेलमा भर्ना भएका संक्रमितलाई हाईफ्लो अक्सिजनमा राख्नुपर्छ । तर अक्सिजन सप्लाई गर्दै आएका उद्योगको उत्पादन रोकिएपछि बुधबारबाट अक्सिजन अभाव भएको हो ।

नोबेललाई आवश्यक अक्सिजन सुनसरीको खनारमा रहेको पाथीभरा र मोरङको बूढीगंगामा रहेको हिमाल अक्सिजन उद्योगले आपूर्ति गर्दै आएको थियो । मंगलबार दुवै उद्योगको उत्पादनमा समस्या थियो । बुधबार हिमाल अक्सिजन अक्सिजनले मर्मत गरी उत्पादन सुरु गरेको छ भने पाथिभराको मेसिन मर्मत भइसकेको छैन ।

अक्सिजन अभाव भएपछि अक्सिजनको खोजीमा अस्पतालको टोली नै उद्योगहरुमा डुलेको उनले बताए । ‘अभाव भएपछि डाक्टर राजेश नेपाल, रामहरि कोइरालासहित हामी उद्योगहरुमा पुग्यौं,’ उनले भने, ‘उद्योगहरुमा पनि धेरै प्रेसर छ ।’ १९७ बेड सञ्चालन गरिरहेको नोबेलमा १७५ जना संक्रमितको उपचार भइरहेको नोबेलका कोभिड फोकल पर्सन दीपेश न्यौपानेले बताए ।

विराटमा पनि अभाव

विराट मेडिकल कलेज शिक्षण अस्पतालमा १४८ जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमितका लागि दैनिक तीन सय सिलिण्डर अक्सिजन चाहिन्छ ।

‘अक्सिजनको त अभाव नै छ,’ अस्पतालका कोभिड फोकल पर्सन सुनिल देव भन्छन्, ‘हामीसँग चार घण्टालाई मात्रै पुग्ने स्टक हुन्छ, उत्पादन रोकिए समस्या भइहाल्छ ।’ अस्पतालले जसोतसो अक्सिजनको म्यानेज गरिरहेको उनले बताए ।

मोरङमा मारुती र हिमाल अक्सिजन उद्योग सञ्चालनमा छन् । सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । ती उद्योगले  प्रदेश १ का साथै अन्य प्रदेशमा पनि अक्सिजन आपूर्ति गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button