नागरिकताका विषयमा भीम रावलले यस्तो गलत अफवाह फैलाएपछि….

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अध्यादेश मार्फत नागरिकता विधेयक जारी भयो । सरकारले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेको भोलीपल्ट पूर्वमन्त्री भीम रावलले एक ट्वीट सार्वजनिक गरे । जुन ट्वीट पूर्ण रुपमा गलत भएको पुष्टि भएको छ ।

उनले सोमबार साँझ वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो भन्दै ट्वीटरमा लेखेका थिए ।

महामारी फैलिएको समयमा अहिले भारतीय सिमा बन्द छन् । यस्तो अवस्थामा अध्यादेश जारी भएको भोलीपल्टै नागरिकता लिनेको लाइन लाग्ने कुरा स्वभाविक लाग्दैन । पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा छ ।

अत्यावश्यक काम बाहेक सर्वसाधारण वाहिर पनि निस्कन नपाएको समयमा नागरिकता लिनकै लागि भारतवाट लाइन लागेर मानिस नेपाल कसरी आए ? उनले यस्तो अनौठो कुरा ट्वीट गरेपछि रावलकै आलोचना भएको छ । निकै आलोचना भएपछि रावलले मंगलबार बिहान आफ्नो उक्त विवादास्पद ट्वीट हटाएका छन् । तर उक्त विषयको तरंग उनले ट्विट डिलिट गरे पनि कायमै छ ।

उनले उक्त ट्वीट डिलिट गर्दै अर्को ट्वीट गरेका छन्, त्यसमा पनि आफूले अघिल्लो ट्वीटमा त्यस्तो लेख्नु कुनै गलत कुरा होइन भन्दै वचाउ गरेका छन् । नागरिकता जस्तो सम्बेदनशिल विषयमा जिम्मेवार नेतावाटै यस्तो गलत कुरा लेखिनु निकै गम्भिर कुरा भएको भन्दै आलोचना गरिएको छ ।

गलत अफवाफ फैलाउँदै ट्वीट गरेपछि आलोचना भोगेका उनले त्यो ट्वीट डिलिट गर्दै फेरी अर्को ट्वीट लेखेका छन्, ‘मैले वीरगञ्जमा नागरिकता लिनेको भिड देखियो भन्ने समाचार आयो, सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन, सरकारले प्रष्ट पारे भइहाल्यो । तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनुहुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु ।’

केपी ओलीलाई यसरी बढारौं’ भन्दै माधव नेपालले गरे सबै पार्टीलाई यस्तो अपिल (पूर्णपाठ)

नेकपा एमालेवाट निष्काशनमा परेका माधव कुमार नेपाल अब प्रधानमन्त्री केपी ओली बिरुद्ध खुला रुपमा लाग्ने भएका छन् । उनले ओली विरुद्ध लाग्न सबै पार्टीलाई सार्वजनिक आह्वान गरेका छन् । एमालेले निष्कासन गरेको भोलीपल्ट मंगलवार सार्वजनिक विज्ञप्ती जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन रहेको बताएका छन् ।

अब ओली सरकारलाई बढारेर मुलुकमा कानुनी राज स्थापना गर्नु पर्छ भन्दै सबैलाई आह्वान गरेका छन् । अपिलमा उनले भनेका छन् ‘हामीमाथि कानूनी,राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’

नेता नेपालको अपिल (पुर्णपाठ) यस्तो छ ।

अपील, कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता – नेपालका कम्युनिष्ट पार्टी एक हुन्, कम्युनिस्टआन्दोलन एक र सशक्त होस् , जनजीविका ,जनताका हित,स्वार्थ र सरोकार तथा सुशासन का सवालमा तथा समाजवाद उन्मुख काम गरुन् भन्ने चाहन्छन् ।

तर, जनअपेक्षाविपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे ।

त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरित एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो ।

जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस(नहस गर्ने अभियान त्यही बिन्दूबाट शुरु गरेर कथित कारवाही र निस्कासनमा आएर पूरा भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्र घा ती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेका छन् ।

केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन् । कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, मा फिया र गु ण्डा राज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुखद् पक्ष हो ।ओली सरकारको हर्कत र विवादित पक्षहरु तपाईं हामीबीच छर्लङ्ग छ ।

ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो।निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरे ।

यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्र हा र भयो ।अहिले ओली गुटले गरेको कथित कारबाही वा निस्काशन त्यसैको प्रतिरुप हो ।

यसबीचमा मैले व्यक्तिगत रुपमा र सामूहिकरुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ । ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याए भनेर आम जनसमुदाय र नेता कार्यकर्ताबीच पुर्याए ।पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरें ।

तर सत्ता,शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन् ,वास्ता गरेनन् बरु प् रति शोध साँध्ने काम मात्र गरे १ त्यही कारण आम जनता, नेता९कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।

मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षा अनुरुप काम नहुँदा निराशा बढ्यो ।

जस्तो कि राज्यका विभिन्न निकायले को रो नाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगतरुपमा ठट्टाको विषय बनाए। ओलीको कुतर्क र कुवर्णनका कारण को रो ना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन । हजारौंको ज्यान जाने अवस्था बन्यो । सिंगो जनताप्रति यो भन्दा ठूलो अ प रा ध अरु हुन सक्दैन ।

आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो ग द्दा री गरेका छन् भन्दै प्र ति रो धमा उत्रिने अवस्था बनेको छ ।

यसैबीच कमरेड जे एन खनाल, म, क मुकुन्द न्यौपाने, क भीम रावल सहित ११ जना माथि कार्वाही भन्दै पार्टी सदस्यबाट समेत निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कार्बाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु ।

त्यसैले अब हामी माथि कानूनी , राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।

अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ ।ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपील गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button