
चुनावबाट ब्याक हुन धम्की दिनेहरुको भ्वाइस रेकर्ड राखेको छु, समय आएपछि सार्वजनिक गर्छु : खिमलाल देवकोटा
काठमाडौ । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले चुनावमा उम्मेदवार नहुन र फिर्ता लिन आफुलाई धम्की आएको खुलासा गरेका छन ।

उनले निर्वाचित भएपछि यस्तो खुलासा गरेका हुन् । तर त्यसरी आफुलाई धम्की दिने को हो भन्ने खुलाएका छैनन् । उनले त्यस्ता ब्यक्तिको भ्वाइस रेकर्ड राखेको र समय आएपछि सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाएरथर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला । कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु’, देवकोटाले आइतबार सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन्, ‘ तर म अडिग रहेँ ।
विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौँ ।’
उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफू जस्ताबाट केही सिक्दा राम्रै हुने भन्दै चुनौति पनि दिएका छन् । ‘बोलेपछि, सही गरेपछि, वचनबद्ध भएपछि पुरा गर्नुपर्दछ ।
भागेर, लुकेर, जालसाजी गरेर केही समय त टिकिएला । तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ ।’
उनले निष्ठा र इमानदारिताको राजनीतिबाट भागेर नहिँड्न सुझाव दिँदै बोली र इमानमा कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । जेठ ६ गते भएको उपचुनावमा उनले एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका थिए ।
दुई पटक ओलम्पिक जितेका पहलमान सुशील कुमार यस्तो गम्भिर अभियोगमा पक्राउ परे
दुई टिक ओलप्पिक ट्रफी जितेका पहलवान सुशील कुमारलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भारतीय प्रहरीले दिल्लीको मुन्डकावाट पक्राउ गरेको हो । उनलाई प्रहरीले १८ दिन देखि खोजी गरिरहेको थियो ।
अर्का पहलवान सागर राणाको ह त्या को अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतका लागि दुई पटक ओलम्पिक पदक जितिसकेका पूर्व विश्व च्याम्पियन पहलवान सुशील कुमार पछिल्लो समय प्रहरीवाट बच्दै हिडेका थिए । उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाउनेलाई एक लाख भारु उपहार समेत राखिएको थियो ।
३८ वर्षका पहलवान सुशील कुमारबाहेक प्रहरीले ४८ वर्षका अजयलाई पनि पक्राउ गरेको छ । सुशील कुमारमाथि एक लाख भारुको इनाम थियो र अजयमाथि ५० हजारको थियो ।
प्रहरीका अनुसार ४ मे अबेर रात दिल्लीको मोडल टाउन थानाको इलाकामा सुशील र उनका साथीले एउटा फ्ल्याटबाट सुरुमा सागर र उनका साथीहरुलाई क ब्जा गरे ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार त्यसपछि छत्रसाल स्टेडियममा लगेर उनलाई कु ट पि ट गरे । मिडिया रिपोर्टका अनुसार प्रहरी स्टेडियमको एउटा सीसीटीभी फुटेजमा यो सबै देखिएको छ । यसमा सुशीलले हकी स्टीकले सागर र उनका साथीहरुलाई हा ने को देखिन्छ ।
प्रहरीका अनुसार छत्रसाल स्टेडियमको पार्किङ एरियामा पहलवानका दुई गुटमा झ ड प को क्रममा फा य रि ङ पनि भयो । यसमा पाँच पहलवान घाइते भए । यसमा सागर (२३), सोनू (३७), अमित कुमार (२७) र अन्य दुई पहलवान समावेश थिए ।
सागरको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी दिल्ली पुलिसमा हेड कन्स्टेबलका छोरा थिए । यो झ ग डा सम्पत्ति विवादको विषयमा भएको बताइन्छ । सागर र उनका साथीहरु जुन घरमा बस्थे, सुशील त्यो घर खाली गराउन चाहन्थे । सागरले त्यो घरको भाडा पनि दिइरहेका थिएनन् ।



