कोत पर्वको नयाँ संकरण हो ओली र विद्या प्रवृत्ति: उत्सब नरसिंह केसी

राष्ट्रपति विद्या देवी भण्डारीले मध्यरातमा संसद विघटन र चुनाव घोषणा गरेसँगै विभिन्न राजनीतिक दल,बुद्धिजीवी लगायतका व्यक्तिहरुबाट विभिन्न प्रतिक्रियाहरु आइरहेको बेला उत्सब नरसिंह केसीले ओलीलाई हिटलर र विद्या भण्डारीलाई रानी राजेन्द्र राज्यलक्ष्मीको संज्ञा दिनुभएको छ।

केसीले राष्ट्रपति आफ्नो मर्यादा भुली केपीको सारथी बन्न पुग्नु देश र जनताका निम्ति निकै दुर्भाग्यपूर्ण रहेको समेत बताउनुभएको छ।

सामाजिक सञ्जाल ट्विटरमा केसी लेखनुहुन्छ: संविधान र लोकतन्त्रको पुनः चिरहरण हिटलर ओलीद्वारा बडामहारानी विद्या भण्डारीको संरक्षकत्वमा पुनःसंसद विघटन।

(हिटलरले जर्मनको संसद Bundestag मा आगो लगाएको र रानी राज्यलक्ष्मीको संरक्षणमा जंगबहादुरले मच्चाएको कोत पर्वको नयाँ संकरण हो ओली र विद्या प्रवृत्ति)

यो पनि,,,,बानेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ ।

बैठकले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट चालिएको कदमको विषयमा आगामी रणनीति बनाइने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button