अन्ततः अघि बढे देउवा, केहीबेरमा गर्दै छन् यस्तो घोषणा

राष्ट्रपति विद्या देवी भण्डारीले दिएको समय सिमा भित्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । विहिवार सूचना मार्फत राष्ट्रपति भण्डारीले शुक्रवार सांझ ५ वजे सम्मका लागि नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न दिएको साँझ ५ बजेसम्मको समयमा देउवाले दावी पेश गर्ने भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी छ ।

देउवा निवास बुढानिलकण्ठमा भएको बैठक पछि देउवाले यस्तो तयारी गरेका हुन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार, जनता समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायत उपस्थित थिए ।

बुढानीकण्ठको बैठकपछि विपक्षीहरु आ–आफ्नो दलमा आन्तरिक छलफल गरेर पुनः सिंहदरबारमा छलफलमा जुटेका हुन्। विपक्षी दललले राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन्।

विपक्षीले छलफल गर्दै गर्दा ओली र ठाकुरबीच भैसक्यो नयाँ सहमति: महतोको नेतृत्वमा ८ मन्त्रालयसहित जसपा सरकारमा जाने !

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय घर्किर्द जाँदा विपक्षी दलका नेताहरु अहिले छलफलमा जुटेका छन् । तर उता वालुवाटारमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार टिकाउन जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षसंग नयाँ सहमति गरिसकेको खुलासा भएको छ ।

विहिवार साँझ नै प्रधानमन्त्री ओलीको निम्तामा वालुवाटार पुगेका महन्त ठाकुर र राजेन्द्र महतोबीच नयाँ सहमति भएको बुझिएको छ । उनीहरु प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यका लागि तयार भएका छन् ।

२१ जना सांसदको समर्थनमा ठाकुर ओलीसँग सत्ता सहकार्य गर्न तयार भएको बताइएको छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सत्तामा जाने भन्ने कुरामा लगभग सहमति भएको जसपाका एक सांसदले खुलासा गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफुहरुले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका कारण सरकारमा जान सहमति जनाएको ति नेताले बताएका छन् । केही विषय समाधान भइसकेको र केही समाधानको प्रकृयामा जाने प्रतिवद्धता ओलीले जनाएका छन् ।

नागरिकतासम्बन्धी अध्यादेश ल्याउने कुरा र संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल गठन गर्ने कुरामा दुई पक्षको सहमति भएको बताइएको छ । सत्ता सहकार्यका लागि जसपाले १० वटा मन्त्रालय माग गरेको थियो, तर ओलीले ८ वटा मन्त्रालय दिने बताएपछि लगभग सहमति जुटेको ति नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button