छाता ओढेर मतदानस्थल पुगे बादल, यसरी हुनेछ मतपरिणामको घोषणा

राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । हेटौंडाको भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ । झरी परिरहेकोले मतदानस्थलमा छाता ओढेर पुगेका छन् उम्मेद्धवार रामबहादुर थापा बादल ।

उनको सचिवालयले सामाजिक सञ्जालमा छाता ओढेर मतदानस्थल जाँदै गरेका तस्विर सार्वजनिक गरेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् । बादलसँग चुनावी मुख्य प्रतिष्पर्धामा डा। खिमलाल देवकोटा रहेका छन्। बादल र देवकोटासँगै नेमकिपाबाट कृष्णबहादुर तामाङ पनि चुनावी प्रतिस्पर्धामा छन् ।

मतदान आज दिउँसो सवा ३ बजेसम्म जारी रहने जनाईएको छ । र, मतगणना आजै सम्पन्न गरी मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान सकिनासाथ गणना शुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करीब सवा नौ बजेबाट मतदान शुरु भएको छ ।

स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु (श्रेष्ठ) र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरे ।

प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना शुरु गर्ने योजना छ । मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।

महामारी नियन्त्रण गर्न सरकारले सकेन भन्दै देउवाले यस्ता १५ बुँदे ध्यानाकर्षण पत्र ओलीलाई बुझाए

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महामारी आउनुको प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ । सरकारले नै महामारी निम्त्याएको कांग्रेसको आरोप छ । सरकारले महामारी निम्त्याएको आरोप लगाएको कांग्रेसले नियन्त्रणको उपाय, उपचार तथा रोकथामका बारेमा थुप्ै सुझाव पनि दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सरकारलाई १५ बुँदे ध्यानाकर्षण लिएर वालुवाटार पुगेका छन् । उनले प्रधानमन्त्री ओलीलाई नै महामारी आउँदैछ भन्ने थाहा पाउँदा पाउँदै भीडभाड र तडक भडकका काम गरेको आरोप लगाएका छन् ।

‘निषेधाज्ञाको पनि वैज्ञानिक व्यवस्थापन नहुँदा देशभित्र पनि संक्रमित क्षेत्रहरुबाट रोग नभएका क्षेत्रहरुमा चाँडो रोग फैलदो छ’, कांग्रेसको निष्कर्ष छ ।

प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा महामारी रोक्न सरकार असफल भएको भन्दै प्रभावकारी कदम चाल्न भनिएकोछ। कोरोना नियन्त्रणका लागि भ्याक्सिन आम नागरिकलाई चाँडो भन्दा चाँडो व्यवस्था गर्नु पर्ने बेला सरकार कमिसनको चक्करमा परेको देउवाको आरोप छ।

सरकारको नेतृत्वपंक्ति स्थितिको वास्तविकतालाई आत्मसात गर्नुको सट्टा आत्मप्रशंसामै मग्न रहेको कांग्रेसको निष्कर्ष छ। निषेधज्ञाका कारण श्रमिक र उधोगहरु मारमा परेको भन्दै उनले राहतका कार्यक्रम ल्याउन भनेका छन्।

‘कोभिड—१९ रोकथाम र उपचारका साथै कोभिड प्रभावित निम्न आय भएका आम नागरिक, श्रमिक वर्ग र श्रमजीवी पत्रकार, साना र मध्यम स्तरका व्यवसायीहरुको जीवन निर्वाहको आवश्यकताहरुलाई लक्षित गरी आर्थिक राहत प्याकेजको व्यवस्था गरियोस्।

उद्योग व्यवसाय बन्द भएको अवस्थालाई ध्यानमा राखी पुर्नकर्जा सुविधा र व्याजमा सहुलियत दिने व्यवस्था मिलाइयोस्’, ज्ञापनपत्रमा भनिएको छ।

महामारी फैलिनुको कारण, रोकथाम तथा उपचारबारे सुझाव दिएको कांग्रेसले सरकारबाट भएको भ्रष्टाचारबारे पनि प्रश्न उठाएको छ । पहिलो चरणको महामारीमा देखिएको अनियमितता, भ्रष्टाचारबारे छानविन गरिनुपर्ने माग पनि कांग्रेसले राखेको छ ।

पहिलो चरण र यसपटकको महामारी नियन्त्रणमा सीसीएमसीको नेतृत्व क्षमताबारे पनि कांग्रेसले प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button