
प्रचण्डको त्यो फोन पछि झस्किए माधव नेपाल ! सचिवालयले जारी गर्यो यस्तो वक्तब्य
नेकपा एमालेको बिवाद समाधान सम्बन्धी कार्यदलले एकताबिरोधी कुनै पनि काम नगर्न पार्टीका नेतालाई सुझाव दिए । मंगलवार त्यस्तो सुझाव दिएको केही बेरमै माधव नेपाल पक्षका तर्फवाट एउटा वक्तब्य आयो ।

नेपालकै सचिवालयले जारी गरेको वक्तब्य एमालेले उठाएको उम्मेदवार विरुद्ध थियो । नेता नेपालको सचिवालयले राष्ट्रियसभाको उपनिर्वाचनमा माओवादी र कांग्रेसको उम्मेदवारलाई मतदान गर्न एमालेका मतदातालाई छुट दिइएको वक्तब्य जारी गरे ।

डा खिमलाल देवकोटा नेपालकै सिफारिसमा उम्मेदवार बनेका हुन् । एमालेको विवाद सुल्झाउन भन्दै वार्ता चलिरहेको बेलामा अब नेपाल पक्षले के निर्णय गर्छ भन्ने कौतुहलता बढेकै बेला नेपालका तर्फवाट त्यस्तो वक्तब्य आएको हो ।
बरिष्ठ नेता नेपालले गृहमन्त्रीसमेत रहेका एमाले उम्मेद्वार रामबहादुर थापा, बादल कोटेश्वरमा पुगेर मत माग्दा जिताउने काम आफूले गर्ने प्रतिवद्धता जनाउएको वादलले सार्वजनिक गरेका थिए । तर सचिवालयले भने त्यसलाई उल्टो बिज्ञप्ती जारी गरेको छ ।
स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले फोन गरेर ‘के हो यो पारा ? भनेपछि नेपालका स्वकीय सचिव मोहन गौतमले बिज्ञप्ती जारी गरेको जनता टाइम्सको समाचारमा दावी गरिएको छ । कोटेश्वर निकट स्रोतका अनुसार नेता नेपालका स्वकीय सचिव गौतम केही दिनयता लगातार माओवादी नेताहरुको सम्पर्कमा छन् ।
यस्तो छ बिज्ञप्ती, आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।
त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।



