
यस्तो प्रस्ताव आशा राख्दै माधव नेपाल भेट्न गृहमन्त्री बादल पुगे कोटेश्वर
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

दुई दिनपछि हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका हुन्। उनीहरूबीच अहिले कुराकानी भइरहेको बादलका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

जेठ ६ मा बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा बादल नेकपा एमालेका तर्फबाट उम्मेदवार छन्। यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको सहयोग र समर्थनमा नेता नेपालनिकटका खिमलाल देवकोटा पनि उम्मेदवार छन्।
थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कमल रहेको छ । नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेका छन् ।
पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिन्ने भने विषय प्रष्ट पारेको छैन । एमाले एक भएको खण्डमा बादलले जित्ने निश्चित छ ।
एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गरेका छन् ।
यो पनि,,,,‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शपथ रोक्न सर्वोच्चद्वारा अस्वीकार
प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।
वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले सपथ लिने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएर ‘त्यो पर्दैन’ भनेको विषय सर्वोच्चमा पुगेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासले ती रिटमा अन्तरिम आदेश दिन नपर्ने भनेको रिट निवेदकमध्ये एक लोकेन्द्र वलीले जनाकारी दिए।’भर्खर आदेश आयो।
यसमा माग बमोजिमको आदेश किन गर्न पर्ने भन्दै १५ दिनभित्र विपक्षीलाई लिखित जवाफ त पेश गर्न भनिएको छ। तर शपथ रोक्न अन्तरिम आदेश जारी गरिरहनु परेन भन्ने छ,’ उनले भने।
‘निवेदकले नेपालको संविधानको धारा ७८ को आधारमा मन्त्रीमा नियुक्ति भएका पदाधिकारीको हकमा अन्तरिम आदेशको माग गरेको नदेखिँदा सो सम्बन्धमा विचार गरी रहनु परेन’, आदेशमा भनिएको छ, ‘साथै सम्माननीय प्रधानमन्त्री र मन्त्रीहरुको शपथ सम्बन्धमा विचार गदाृ विपक्षीहरुबाट लिखित जवाफ परेपछि रिट निवेदनमा अन्तिम निर्णय हुँदा निरुपण हुने नै भएकोले हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन ।’
आइतबार दायर गरिएको रिट सर्वोच्च अदालत प्रशासनले सोमबार दर्ता गरेर सुनुवाइका लागि मंगलबारको पेसी तोकेको थियो। वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै पुन : शपथका लागि रिट दायर गरेका थिए।
प्रधानमन्त्री पदको शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द ‘प्रतिज्ञा गर्छु’उच्चारण गर्न अस्वीकार गर्दै ‘त्यो पर्दैन’भनेपछि राष्ट्रपतिले पनि हाँसेर त्यसैलाई मानेकी थिइन्।
प्रधानमन्त्रीको शपथजस्तो अति नै महत्वपूर्ण एवं संवेदनशील समारोहमा भएको यो घटनाको सबैतिरबाट विरोध र आलोचना भएको थियो।



