प्रधानमन्त्री बनेको भोलिपल्टै प्रधानमन्त्री ओलीलाइ यस्तो झड्का, चौतर्फी बिरोध

शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सपथ लिँदै गर्दा राष्ट्रपतिले पढेका शब्द ईश्वर र प्रतिज्ञा उच्चारण गरेनन्। यसअघिका सपथ ग्रहण कार्यक्रममा पनि ईश्वर शब्द उच्चारण नगरेका ओलीले यसपटक सपथ ग्रहणका लागि उपलब्ध गराइएको पत्रमा उल्लेख गरिएको ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्ने वाक्यबाट प्रतिज्ञा शब्द उच्चारण गर्न पनि अस्वीकार गरे।

सपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले उक्त शब्द उच्चारण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः उच्चारण गर्न आग्रह गरेकी थिइन्। तर प्रधानमन्त्री ओलीले असहज लाग्नेगरी ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काएका थिए।

प्रधानमन्त्रीको दोस्रो कार्यकालमा धार्मिक गतिविधिमा मोह देखाएका कारण कतिपयले ओलीले यसपटक ईश्वरका नाममा सपथ लिने विश्वास व्यक्त गरेका थिए।

ओलीले चितवनको अयोध्यापुरीमा आफ्नै खर्चमा रामसीताको मूर्ति निर्माण गरेर प्रतिष्ठापन गर्नेदेखि पशुपतिमा अर्ब लगानीमा सुनको जलहरी लगाउने काम गरेका थिए।

सपथ ग्रहणका क्रममा प्रतिज्ञा गर्छु भन्नुको अर्थ जनता र मुलुकको संविधानप्रति बफादार छु भनेर प्रतिबद्धता जनाउनु थियो, जसलाई उच्चारण गर्न ओलीले अस्वीकार गरे। महत्वपूर्ण सार्वजनिक पद धारण गर्ने व्यक्ति मुलुक र जनताप्रति प्रतिबद्ध हुन सकून् र आफ्नो कर्तव्य, जिम्मेवारी र दायित्व निर्वाह गर्नेक्रममा दायाँबायाँ नगरुन् भनेर सपथ खुवाउने गरिन्छ।

ईश्वरप्रतिको आस्थाले गर्दा पनि ईश्वरका नाममा सपथ खाएपछि सार्वजनिक पद धारण गर्ने व्यक्तिले गलत काम गर्दैन भन्ने विश्वास गरिन्छ । प्रधानमन्त्री ओलीले भने यसलाई आफूअनुकूल बनाएर ग्रहण गरे।

उनको यो शैलीको सामाजिक सञ्जालमा आलोचना भएको छ। सपथ ग्रहणको एउटा प्रक्रिया हुन्छ, जसलाई पालना गर्नैपर्छ।

नेपाल गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेसँगै प्रथम उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषामा ग्रहण गर्नुपर्ने सपथ हिन्दीमा लिएपछि त्यसले विवाद निम्त्याएको थियो। पछि उनले नेपाली भाषामै पुनः सपथ खानुपरेको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

यो पनि,,,,,काँग्रेस उपसभापति गच्छदारकी पत्नीको मृत्यु

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।

पछिल्लो पटक दुई दिनअघि कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएकी उनको आज निधन भएको हो । स्रोतका अनुसार निर्मलाले नयाँ दिल्लीमा जेनेटिक लिभर सिरोसिसको अपरेशन गरेर फर्केको एक महिना भएको थियो ।

चैत ६ गते नयाँ दिल्ली गएर अपरेशन गरी फर्केपछि दुई दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनका माता पिता र दुइ जना भाइ पनि कलेजो रोगबाटै बितेका हुन् । माइती थर श्रेष्ठ भएकी निर्मलाको माइतीको पुर्ख्यौली थलो काभ्रेपलाञ्चोक हो ।

उनीहरु पछि बिराटनगर गएका थिए ।

कुनै जमानाका प्रभावशाली राजनीतिक तथा शक्ति केन्द्रका दाहिना गच्छदारमाथि अहिले एकपछि अर्को बज्रपात परेको हो ।

गच्छदारलाई बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पदको दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकोमा अदालतले हाजिर हुन पुर्जी काटेको लामो समय भैसक्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायत कांग्रेस नेताहरूले गच्छदारकाे निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शाेक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button