‘ओलीको लागि धरहरावाट हाम फाल्छु’ भन्ने महेश बस्नेतले विहिवार ओलीको पद जोगाउन के के गरे ?

काठमाडौ । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले कुनै बेला भनेका थिए केपी शर्मा ओलीले भन्नुभयो भने म धरहरावाट पनि हाम फालिदिन्छु । विहिवार उनले आफ्नो त्यो भनाई चरितार्थ गरे । ओलीको प्रधानमन्त्री पद जोगाउन उनले निभाएको भुमिका ओलीका लागि प्रशंसायोग्य छ ।

विहिवार ओलीविरोधी गठबन्धनलाई बहुमतको सरकार बनाउनबाट रोक्न बस्नेत नै सबै भन्दा सक्रिय थिए । उनले जनता समाजवादी पार्टीका १३ सांसद भक्तपुरस्थित सिपाडोलको रिसोर्टमा राख्ने र खुवाउने सबै ब्यवस्था मिलाए । ओली इतरका पार्टीलाई वहुमत पुर्याउन नदिन जसपाकै महन्त ठाकुरले आफ्ना पक्षका सांसदलाई रिसोर्टमा लगेका थिए । त्यहाँ १३ सांसद पुगे । जसको सबै ब्यवस्थापन बस्नेतले गरेको बताइएको छ । उक्त रिसोर्ट उनी निकटस्थहरुकै लगानीमा सञ्चालित छ ।

बबरमहलस्थित जसपा सम्पर्क कार्यालयबाट सांसदहरुलाई गाडी चढाएर डोलेश्वर लगिएको थियो । भक्तपुरको सुर्यविनायक नगरपालिका ८ को सिपाडोलस्थित डोलेश्वर भिलेज रिसोर्टमा एमाले नेताहरुको लगानी समेत रहेको छ । लगानीकर्ताहरु बस्नेत निकट हुन् ।

१३ सांसदको व्यवस्थापनमा स्वयं महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, डोलेश्वर भिलेज रिसोर्ट रहेको वडा नं ८ का अध्यक्ष किरण थापा सक्रिय रहे । थापा उक्त रिसोर्टका लगानीकर्ता पनि हुन् ।

यसअघि बस्नेतले तत्कालीन समाजवादी पार्टी नेपाललाई विभाजन गर्न महोत्तरीबाट सांसद डा।सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । तर, यादवले पछि आफूलाई अ प ह र ण गरिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । सोही घटना पछि बस्नेतले उनले ओलीले भने धरहरावाट हाम फाल्ने बताएका थिए । चर्चामा आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button