आफ्नै गृहजिल्लाबाट लखेटिइन् बिना मगर, प्रचण्डलाई तनाव !
२६ पुष, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट विघटित प्रतिनिधिसभा सदस्य एवं निवर्तमान खानेपानी मन्त्री रहेकी मगरलाई आफ्नै निर्वाचनमा युवा तथा महिलाहरुले लेखेटेका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रमा कार्यक्रम गरिरहँदा उनी लखेटिएकी हुन् ।
युवा तथा महिलाहरुले कार्यक्रम गर्न आएकी बिना मगरलाई कालो झण्डा देखाउँदै, टायर बालेर प्रदर्शन गर्दै बिना मगर मुर्दावाद नारा लगाउँदै नाराबाजी गरी त्यहाँबाट फर्काएका थिए ।
आफ्नै निर्वाचन क्षेत्रमा आफूविरुद्ध नारा लाग्ने र लखेटिने अवस्था आएपछि हालै भारतबाट फर्किएका प्रचण्ड तनावमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
3
+1
5
+1
93
+1
7
+1
3
+1
3