संसद विघटन गर्ने सम्भावना प्रबल:उत्सब नरसिंह केसी

काठमाडौ-प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएपछि आगामी दिनमा उनले चाल्ने कदम बरे विभिन्न अडक अन्दाजी चलिरहेको बेला उत्सब नरसिंह केसीले केपी ओली सजिलैसँग हार मन्ने व्यक्ति नरहेको कुरा बताउनुभएको छ।

साथै केसीले संसद विघटन हुने सम्भावना समेत प्रबल रहेको बताउनुभएको छ।आफ्नो सामाजिक सञ्जालमार्फत केसीले उक्त विषय बताउनुभएको हो।

उनी लेख्छन: ओली नेतृत्वको सरकारले विश्वासको मत गुमाएता पनि स्थिति अझै जटिल नै छ।संयुक्त सरकार बन्ने सम्भावना नरहे ओली धारा७६(३)बमोजिम पुनःप्रधानमन्त्री बन्छन्,सो नभए संसद विघटन हुनेछ किनकि धारा७६(५)को सम्भावना न्यून छ।

यसबीच ओली राष्ट्रपतिय शासन लागू र संसद विघटन गर्न पछि भने हट्दैनन ।

यो पनि,,,,ट्रकको ठक्करबाट सप्तरीमा पति–पत्नीको मृत्यु

सप्तरीमा मंगलबार बिहान ट्रकको ठक्करबाट साइकलमा सवार पति–पत्नीको मृत्यु भएको छ ।

ना. ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा सप्तरीको भारदह भलुवा निवासी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया पत्नी सुनिता देवी मण्डलको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हुनमाननगर कंकालिनी नगरपालिका–१ स्थित सडक खण्डमा अनियन्त्रित भएर ट्रकले मण्डल दम्पति सवार साइकललाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहका अनुसार ट्रकको ठक्करबाट मण्डल दम्पतिको घटनास्थलमै मृत्यु भएको हो । ‘ट्रक द्रूत गतिमा रहेछ,’ सिंहले भने, ‘त्यही भएर आफ्नो साइड छाडेर अर्काेतिर गएर साइकललाई ठक्कर दिएको देखिन्छ ।’

मृतक दम्पतिको शवलाई परीक्षणका लागि गजेन्द्रनारायण सिंह असपताल राजविराज पठाउने तयारी भइरहेको र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button