सरकारले लकडाउन गर्ने सोच बनाएको छैन : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन गर्ने वा सीमा नाका बन्द गर्ने सोचमा नभएको बताएका छन् ।
न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने कडाईका साथ पालना गराउने उनको भनाइ छ ।
लकडाउनको चर्चा बजारमा चलिरहेको प्रसंगमा उनले अहिले त्यस्तो गतिविधि उपयुक्त नहुने बताए ।
सरकार बजेटको तयारीमा जुटेको जानकारी गराउँदै उनले आगामी बजेट कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, रोजगारी सिर्जनामा केन्द्रित हुने समेत बताए । कोरोना खोप खरीद गर्न रकमको अभाव नहुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1