भौतिक दुरी राखेर होली मनाउन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भौतिक दुरी राखेर होली मनाउन आग्रह गरेका छन्।

होलीका अवसरमा आज विज्ञप्ति जारी गर्दै देउवाले होलीको शुभकामना पनि दिएका छन्। होली धार्मिक र साँस्कृतिक पर्व भएको देउवाको भनाइ छ।

‘होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो। अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ,’ देउवाले भनेका छन्, ‘मुलुकमा फेरि पनि कोभिड १९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दुरी राख्दै सुरक्षित रुपमा यो पर्व मनाउन म सबैलाई आग्रह गर्दछु।’

उनले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई होली आएको उल्लेख गर्दै सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्ने पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button