उत्पीडित वर्गको हकअधिकारको लागि बाँचुन्जेल लडाइँ लड्छु : प्रचण्ड

माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बाँचुन्जेल प्रतिक्रियावादी विचारविरुद्ध लडाइँ लड्ने बताएका छन्।

आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उत्पीडित वर्गको हकअधिकारको लागि बाँचुन्जेल लडाइँ लड्ने बताएका हुन्।  

‘अहिले प्रतिक्रियावादीहरुले संविधान मिच्चे काम गरिरहेका छन्। त्यसलाई असफल पार्न एकपटक फेरि नेपाली जनताले आफ्नो आत्यनिर्माणको अधिकार प्रयोग गर्नुपर्ने स्थिति आएको छ’, उनले भने, ‘हिजो उत्पीडित वर्गको हकअधिकारको लडाइँ लड्दै गर्दा भर्खरको युवा नै थिएँ।

पार्टीको महासचिव हुँदा ३६ वर्ष थिएँ। जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ। शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ। फेरि अहिले आएर अर्काे लडाइँ लड्छु भन्दै हिडिरहेको छु। म बाँचुन्जेल लड्छु। अन्तिमसम्म लडिरहन्छु।’  

उनले अहिले दलित समुदाय र श्रमिक वर्गविरुद्ध ठूलो षड्यन्त्र भइरहेको पनि बताए।  ‘दलितको विरुद्ध र श्रमिकहरुको विरुद्ध षड्यन्त्र भईरहेको छ’, उनल भने, ‘संविधानलाई मार्ने, क्रियाशिल हुन नदिने, संविधानलाई उल्ट्याउँने काम भईहरेको छ।

संविधान नचाहानेहरुले । त्यसकारण फेरि एकटक सबै वर्ग समुदायले आफ्नो आत्मनिर्णय गर्ने बेला आएको छ।’  

उनले प्रतिक्रियावादीहरुले संविधान मास्ने काम गरिरहेकोले त्यसलाई असफल पार्न नेपाली जनताले आत्मनिर्णय गर्ने बेला आएको पनि बताए।  

‘प्रतिक्रियावादी, प्रतिक्रान्तिवादी र दक्षिणपन्थीहरु जस्ता तत्वले जनताकाविरुद्ध गढबढ गरिरहन्छन्। जबसम्म उनीहरु ध्वस्त हुँदैनन् जनतालाई दमन गरिरहन्छन्’, उनले भने, ‘जनतालाई सताउन छोड्दैनन्।

त्यसकारण  जनतले आफ्नो अधिकारको लागि आन्दोलन गरिराख्नु पर्छ । यो निमय नै हो। जब सम्म पूर्ण अधिकार र मुक्ति प्राप्त हुँदैन तबसम्म आन्दोलन गरिराख्नु जनताको नियम हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button