हामी माओवादीमा फर्कन्नौँ, निर्वाचनमा जानुपर्छ : मन्त्री थापा

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि गठबन्धन अप्रत्यासित बन्यो ।

यसै गठबन्धनमा पुग्नुभएका मणिचन्द्र थापा अहिले खानेपानी तथा सरसफाइ मन्त्री छन् । संघीय संसदको सांसद समेत नरहनु भएका मन्त्री थापा आफ्नो राजनीतिक भविष्य केपी ओली नेतृत्वको समूहबाट अगाडी बढाउने निष्कर्षमा पुगेका छन् ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयबाट नेपाली राजनीतिको मोड फरक दिशामा जाने देखिन्छ ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता तथा मन्त्री मणिचन्द्र थापाले नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडी बढ्न सम्भव रहेको बताएका छन् ।

राष्ट्रवाद, देश विकास र स्थायित्व प्रधानमन्त्री ओलीबाट मात्र सम्भव भएकोले पूर्व माओवादीबाट ओली पक्षमा आएका नेताहरु माओवादी पार्टीमा नफर्किने पनि बताए ।

कुराकानीको क्रममा अबको राजनैतिक निकास निर्वाचनबाट मात्र सम्भव भएकोले देश निर्वाचनमा जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button