विप्लवसँग ऐतिहासिक सम्झौता भयो : गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाबीच ऐतिहासिक सहमति र सम्झौता भएको दाबी गरेका छन्।

सरकारी र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएपश्चात फेसबुकमार्फत उनले यस्तो बताएका हुन्।

उनले नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच हिजो र आज भएको वार्ता सफल भई सकारात्मक परिणाम आउन सफल भएको दाबी गरे। थापाले सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ गर्ने र विप्लवको तर्फबाटपनि पूरा हुने धारणा राखेका छन्। 
‘यो ऐतिहासिक सहमति र सम्झौताका लागि हामी सबैलाई बधाई।’उनले अगाडि थपेका छन्,‘सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ, अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौं।’

वार्तामा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेका छन्।

विप्लवसँग ऐतिहासिक सहमति र सम्झौता भयो : गृहमन्त्री बादलतीन बुँदे सहमतिमा विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button