वार्ताका लागि तयार विप्लव समूह

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह पनि सरकारसँग वार्ताका लागि तयार भएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेसँगै विप्लव समूह पनि वार्ताका लागि तयार भएको हो । 

विप्लव निकट स्रोतले यसअघिको अनौपचारिक छलफलअनुसार नै सरकारले वार्ता टोली घोषणा गरेकाले स्वाभाविक रुपमा आफूहरु वार्ताको लागि तयार भएको प्रतिक्रिया दिएको छ । 
स्रोतका अनुसार विप्लव समूहले आज वा भोलि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को संयोजकत्वमा वार्ता टोली घोषणा गर्ने तयारी गरेको छ । 

यसअघि नै विप्लवले एक विज्ञप्तिमार्फत वार्तामा बस्न आफूहरु तयार रहेको जनाएका थिए। आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल रहेको र जनसमुदायमा सहज गतिविधि तथा कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा वार्तामा बस्न तयार रहेको विप्लवको भनाइ थियो ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले  सरकारका तर्फबाट वार्ता टोली गठन गरेपछि विप्लव पक्षबाट पनि छिटो भन्दा छिटो वार्ता टोली गठन हुने अपेक्षा व्यक्त गरे ।

उनले नेपालमा शान्ति राष्ट्र बनाउने दृष्टिकोणअनुसार सबै द्वन्द्वमा रहेका पक्षहरुसँग वार्ता गर्न लागेको र प्रधानमन्त्री केपी ओलीले पनि विभिन्न यसबारे सार्वजनिक मञ्चबाट उद्घोष गरेअनुसार विप्लव पक्षसँग वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउन लागेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button