‘एउटा मिस्टर हेल्लो अर्को मिस्टर कम्फर्टेबल, दुइटा मिस्टरले देशलाई बरबाद पार्न लागेका छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा जिताएर कसैले आफूलाई प्रधानमन्त्री नबनाएको बताएका छन्।

प्रतिनिधि सभा पुनर्स्थापना हुनुलाई राम्रो र ठिकै भनेका प्रधानमन्त्री ओलीले आज झापामा आयोजित सभामा भने, ‘मुद्दा जिताइदिएर कसैले मलाई प्रधानमन्त्री बनाएको होइन। तपाईंहरूले प्रधानमन्त्री बनाउनुभएको हो। जबसम्म नेपाली जनता मेरो साथमा छ, मेरा टाउकामाथि तपाईंको हातको आशिर्वाद जब छ तबसम्म मुद्दा त के भो र?’

यसपछि प्रधानमन्त्री ओलीले हालै सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको प्रसंग निकाले।

‘ठिक छ त प्रतिनिधि सभा पुनर्स्थापना भयो राम्रो भयो। पुनर्स्थापनापछि तपाईंहरूले के देख्नुभयो, चितवनको सभा छोडेर प्लेन चढेर काठमाडौं। एअरपोर्टबाट तिनीहरूको घर दक्षिणपट्टी छ तर लागे उत्तरतिर। कहाँ जाने साप भनेर सेक्युरिटीले सोध्यो बुढानिलकण्ठ।’

यस्तै प्रधानमन्त्री ओलीले पद, पैसा र परिवारमा ध्यान रहेको भन्दै प्रचण्ड-नेपालको आलोचना पनि गरेका छन्।

‘नेपाली जनताका लागि पिलोभन्दा बढी टन्टनाउने, शान्ति र एकता देख्न नसक्ने। बल्लबल्ल एकता गरेको थियो फुटाएर हिँड्ने,’ उनले भने, ‘पद, पैसा र परिवारमा ध्यान छ। जे पनि मलाई चाहियो। त्यही पनि हाताहाती।’

प्रधानमन्त्री ‌ओलीले माधव नेपाललाई मिस्टर हेल्लो र प्रचण्डलाई कम्फर्टेबल भनेका छन्।

एउटा मिस्टर हेल्लो अर्को मिस्टर कम्फर्टेबल, दुइटा मिस्टरले देशलाई बरबाद पार्न लागेका छन्,’ उनले भने। प्रतिनिधि सभा पुनर्स्थापनाका दिन चितवनमा रहेका नेपालले हिन्दीमा बोलेका थिए त्यसतर्फ ओलीले संकेत गर्दै भनेका हुन्।

यस्तै प्रचण्डले हालै एक टेलिभिजन अन्तर्वार्तामा आफूहरू, कांग्रेस र जसपाको सरकार बन्दा भारत र चीनलाई कम्फर्टेबल हुने पनि उल्लेख गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button