![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2021/01/thumb-1-2.jpg?resize=780%2C470&ssl=1)
झुसे बारुलाले फुर्ती नलाए हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाइ निकै कडा आलोचना गरेका छन् ।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/skm_97x90.jpg?w=708&ssl=1)
उनले नेपाललाई झुसे बारुलाको संज्ञा दिँदै आफु प्रति फुर्ती लगाउन चेतावनी दिएका छन् । उनले यि दुई जना पदलोलुपता भएको आरोप लगाएका छन्।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/tobacco-online-add.gif?w=708&ssl=1)
आइतवार गृह जिल्ला झापा पुगेका अध्यक्ष ओलीले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् । उनले निकै कडा शब्दमा नेताहरुको आलोचना गरेका थिए । पद, पैसा र परिवारबाहेक अन्त प्रचण्ड(नेपालको ध्यान नै नभएको ओलीले आरोप थियो।
उनले आफ्नो अस्थित्व नभुल्न पनि प्रचण्ड नेपाललाई चेतावनी दिएका छन् । ‘हामी छौं यस देशमा। म तपाइलाई भन्न चाहन्छु। लड्डु खानेहरु हामी यही छ भन्ने नबिर्स,’ उनले भने।
ओलीले सर्वोच्च अदालतमा संसद विघटनको मुद्दा हारे पनि आफूलाई केही नहुने जिकिर गरे। उनले अदालतबाट मुद्दा जितेर प्रधानमन्त्री नभएको बताए।
भने,’जिन्दगीमा गल्ती नगर्ने मुद्दा हार्दै जाने मानिस हुँ। मुद्दा जिताएर कसैले प्रम बनाएको होइन। तपाइँले बनाएको हो।’उनले अब आफुलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्। प्रस्ताव ल्याएर पास भए जनताकोमा गएर फेरि पदमा आउने उनको भनाई थियो।
ओलीले प्रचण्ड-नेपाललाई झुसे बारुलाको संज्ञा दिदै फूर्ती नलगाउन चेतावनीसमेत दिन भ्याए। झुसे बारुलाले फुर्ती नलाए हुन्छ। संघर्ष हाम्रो जीवन हो। लोकतन्त्रको रक्षा गरिन्छ। राजा फालेर आएका हौं,’ उनले भने।
प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग चाँडै वार्ता गर्ने बताएका छन्। गृहजिल्ला झापामा आइतबार नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै प्रधामन्त्री ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका हुन्।
‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ’, प्रधानमन्त्री ओलीले भने, ‘‘तपाईंहरुले घर बसेर नै समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ।’