
छिट्टै विशेष महाधिवेशन गर्छौं : प्रचण्ड
२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन् ।

प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने बताए । उनले अघि भने, ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं, त्यहाँ समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा गम्भीर छलफल हुन्छ ।’माओवादीले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । तर अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



