सदस्यता सूचीमा नाम नभएपछि कपाल मुण्डन गरि कांग्रेसको किरियामा बसे नरबहादुर

काठमाडौं । क्रियाशील सदस्यता सूचीमा नाम नभएपछि उनले सोमबार कपाल मुण्डन गरी कांग्रेसको किरिया गर्न बसेका छन् ।

पार्टीप्रति बफादार रही राजनीति गरेका उनलाई वाइपास गरेपछि उनले विरोधस्वरुप कपाड मुण्डन गरेर कांग्रेसको किरिया बसेका छन् । २४ वर्षदेखि निरन्तर नेपाली कांग्रेसमा क्रियाशील रहेर राजनीति गरेका डडेलधुराको अमरगढी नगरपालिका– ९ का सभापति नरबहादुर पालको नाम क्रियाशील सदस्यताको सूची छैन ।

सोमबार कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राखेपछि उनी चर्चामा छाएका छन् ।

उनी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै जिल्लाको जिल्ला सभापति पनि हुन् ।

आइतबार सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको पाईएको छ । कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका अनुसार चार तहबाट प्रमाणित भएकाको नाम हटाइएको छ।

वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका चार सयभन्दा बढी सदस्यको नाम हटाइएको उनले जानकारी दिएका छन्। जिल्लाबाट सिफारिस गर्दै नगरेकाको नाम क्रियाशील सदस्यको सूचीमा समावेश गरिएको उनको भनाइ छ ।

कार्यसमितिले दुई हजार पाँच सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर ५८ सय चारजनाको सूची सिफारिस गरेको थियो।

गायकद्धय दुर्गेश थापा र भिटेनलाई वाइसीएलले भित्राउने

माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलले गायक दुर्गेश थापा र भीटेनलाइ भित्र्याउने भएको छ l

चितवनमा वाइसीएलले आयोजना गरेको कार्यक्रममा यी दुईलाई भित्र्याउने जानकारी गराइएको हो l

वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले गायकद्धय दुर्गेश थापा र भिटेनलाई भित्र्याउने अभिव्यक्ति दिएकी हुन् l

दुर्गेश र भिटेनजस्ता युवाहरूलाई युवामा ल्याएर अब्बल दस्ता निर्माण गर्ने उनको भनाई छ ।

साथै ‘समाजका सबै युवाहरूलाई हामी वाइसीएलमा ल्याउँछौँ’ उनले भने, ‘एउटा राम्रो खेलाडी, राम्रो कलाकार, उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाइसीएल बन्न लामो समय कुरेर क्रियशिल भइरहन जरुरी हुन्न ।’

वाइसीएललाई सहरमा लोकप्रिय र सबैभन्दा ठुलो संगठन बनाइने कुरा पनि उक्त कुरा पनि कार्यक्रममा बताइएको थियो l

पछिल्लो समय कलाकारहरूको राजनीतिक क्षेत्रमा प्रवेश गर्ने क्रम बढ्दो छ l मिडियामा राजनीतिमा नजाने भनेर खोक्रो अभिव्यक्ति दिएता पनि भित्र भित्रै भने राजनीतिक दलमा प्रवेश गरेका उदाहरणहरू धेरै छन् l

जसमा रेखा थापा , करीश्मा मानन्धर , ‘मुला साग’ सुरेन्द्र केसीहरू छन् l

यी त मिडियामा देखाएर नै छिरेका थिए l नदेखाई छिर्ने त कति छन् कति ? नेताहरूले पनि कलाकारलाई पार्टीमा स्वागत गर्न तँछाडमछाड गरिरहेको खबर पनि हामीले सुनी नै रहेको हुन्छौ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button