
माओवादीको केन्द्रीय समिति बैठक जारी
२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली आजको बैठकमा प्रस्तुत गर्ने बताए । ‘आज पदाधिकारीसहित सबै टुंगो लाग्छ,’ शाहले अनलाइनखबरसँग भने, ‘हामीले अध्यक्षजीलाई तपाईं नामावली ल्याउनुस् हाम्रो साथ समर्थन रहन्छ भनेका छौं, उहाँले आज ल्याउनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



