अब फेरि देशमा पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढ्यो,चेतना भया: बाबुराम भट्टभाई
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टभाईले सुप्रिम कोर्टपछि अबको राजनीति दल वा नेताको कोर्टमा पुगेको बताउनु भएको छ ।
बिहीबार सामाजिक सञ्जाल मार्फता भट्टभाईले अब फेरि देशमा पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराइरहनु भएका भट्टराइ लेख्नुहुन्छ, ‘सुप्रिम कोर्टपछि राजनीति पुन: दल/नेताको कोर्टमा पुगेकोछ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ ।’
उहाँले टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्ने पनि बताउनुभएको छ । देशको आवश्यकता र जनताको चाहना अब दल तथा नेताहरुले पाठ सिक्नुपर्ने रहेको भन्दै जनचाहना दल तथा नेताहरुले नयॉ राष्ट्रिय सहमति गरून् भन्ने रहेको भट्टराइले बताउनुभयो ।
‘टाउको गन्ती,ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ । देशको आवश्यकता र जनताको चाहना दलरनेताले पाठ सिकून्सनयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है ! चेतना भया !’ उहाँले लेख्नुभएको छ ।