
विशेष विमानमार्फत देउवा आज बनारस जाँदै, काँशी विश्वनाथकोसमेत दर्शन गर्ने
भारत । तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बिहान बनारस जाने भएका छन् । उनले त्यहाँका धार्मिकस्थ भ्रमणका साथै काँशी विश्वनाथको दर्शनसमेत गर्ने कार्यक्रम तय भएको छ ।

बनारस भारतको उत्तर प्रदेशको धार्मिकस्थल धार्मिकस्थल हो । त्यहाँ प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम जानकारी गराइएको छ ।

बनारस जान भारत सरकारले प्रधानमन्त्री देउवाका लागि विशेष विमानको व्यवस्था गरिदिएको हो । प्रधानमन्त्री देउवा आइतबार आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीका नेपाली रेलको उद्घाटन गरेका थिए ।
त्यस्तैगरी मोदी देउवाबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



