विदेशमै बसेर त्यहाँका नेपाली ठगी गर्नेहरुलाई कारबाही, श्रममन्त्रीले बनाए यस्तो योजना

काठमाडौं । विदेशमा बसेर वैदेशिक रोजगारीका नाममा नेपालीलाइ ठगी गर्नेहरु पनि कारवाहीको दायरामा आउने भएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

उनले वैदेशिक रोजगारीका नाममा नेपालीलाई ठगी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् । त्यसका लागि इन्टरपोलको सहयोग लिने मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्‍याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाही गरिने भएको हो । अइन्टरपोलको सहयोगमा यूएईबाट नेपाल झिकाएर कारवाही गरिने मन्त्री श्रेष्ठले बताए । उनले त्यसको तयारी गरिएको बताए ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको भन्दै उनले गैरकानुनी काम गर्ने नेपाली विदेशी भूमिमा पनि नजोगिने उल्लेख गरे ।

नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका थिए । उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button