गगनले खाइदिए प्रचण्ड र नेपालको सातो, खोलिदिए यस्तो रहस्य !

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन्।

आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरू हुने थापाले बताए। प्रेस युनियन सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ। यो नेपालको आवश्यकता हो,’ उनले भने, ‘यो गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन।’

उनले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, ‘त्यति बेला तत्कालिन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो। दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ।’

उनका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरू भएको छ। महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पारे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button