भीम रावलको प्रश्न- भारतीय पक्षले एकहोरो तटबन्ध निर्माण गर्दा खोइ सरकार बोलेको?

काठमाडौंः नेकपा एमालेका सांसद भीम रावलले भारतीय पक्षबाट एकपक्षीय रुपमा तटबन्ध गरेको भन्दै आपत्ति जनाएका छन्। उनले भारतले सीमा मिच्दासमेत सरकार मौन बसेको भन्दै आपत्ति जनाएका हुन्।

‘अन्तर्राष्ट्रिय कानुनबमोजिम तटबन्ध निर्माण भइरहेको छ। दार्चुलाको बंगाबगरमा भारतले एकपक्षीयरुपमा डोजर चलाएको छ। नेपाल सरकारको तर्फबाट कुनै किसिमको पहलकदमी भएन,’ उनले संसद बैठकमा भने।
त्यस्तै सांसद प्रेम सुवालले पनि भारतीय पक्षको निन्दा गर्दै तटबन्ध निर्माण तत्काल रोक्न माग गरे।

दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीमा भारतीय पक्षले पक्की तटबन्ध निर्माणको कार्यलाई तीब्रता दिएको छ। नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतीय पक्षले एकतर्फी तरिकाले महाकालीमा पक्की तटबन्ध निर्माणको कार्य गरिरहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button