ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक घाइते

इटहरी– सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। 

कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्यांकरले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्यांकरको ठक्करबाट सफल र अविनाश राजवंशी घाइते भएका थिए। 

घाइते भएको दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा सफलको भएको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइते अविनाशको उपचार भइरहेको छ । ठक्करबाट मोटरसाइकल पूर्णरूपले जलेर नष्ट भएको छ।

मोटरसाइकल पूर्णरूपले नष्ट भएका कारणले नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ। ट्यांकर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुनः सक्रिय बन्यो मनसुन, केही दिन देशभर भारी वर्षाको सम्भावना 

1140x725

काठमाडौं– मनसुनी वायु सक्रिय रहेका कारण केही दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको महाशाखाको भनाइ छ।

अहिले प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

मनसुनी वायुको सक्रियतासँगै  आइतबारदेखि नै देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मनसुन एक सातासम्म सक्रिय रहने र आगामी शुक्रबारसम्म देशभर वर्षा हुने महाशाखाको भनाइ छ। 

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। 

राति पनि अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।वर्षासँगै पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाइएको छ।

नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button