सलमान खानलाई विमानस्थलमा रोकेर चर्चामा आएका सुरक्षा अधिकारीको मोवाइल जफत, के हो कारण ?

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानलाई विमानस्थलमा रोक्ने एकजना सुरक्षाअधिकारी सामाजिक सञ्जालमा चर्चित भए ।

सलमान टाइगर ३ को छायाँकनका लागि देश वाहिर जान लागेको बेला विमानस्थलमा उनलाई सुरक्षाकर्मीले चेकजाँचका लागि रोकेका थिए ।

टाइगर थ्री सिरिजको तेस्रो फिल्म हो जसमा सलमान कट्रिना कैफसँग पुनः देखिनेछन् ।

सो फिल्मको छायाँकनका लागि उनी विदेश जान लागेको बेला सो घटना भएको थियो ।

सो घटना पछि अहिले सुरक्षाकर्मीको मोवाइल जफत गरिएको छ । सार्वजनिक भएको भिडियोमा ड्युटीमा तैनाथ सीआईएसएफ जवानले सलमान खानलाई रोकेका थिए र आइडेन्टिटी भेरिफिकेशन गराउन भने ।

सेलिब्रिटी फोटोग्राफर विरल भियानीले यो घटनाको एउटा भिडियो सेयर गरेका थिए, यो सोसल मिडियामा भाइरल भइरहेको छ र मानिसहरु सोसल मिडियामा सुरक्षाकर्मी ड्युटीमा सक्रिय भएको भन्दै प्रशंसा गरिरहेका छन् ।

तर यसैबीच सीआईएसएफ जवान सोमनाथ मोहन्तीको मोबाइल फोन जफत गरिएको छ ।

वास्तवमा यस्तो यसकारण गरियो ताकि अब सोमनाथ यो मु द्दा मा मिडियासँग कुराकानी गर्न नसकून् ।

भारतीय मिडिया न्यूज१८ मा प्रकाशित रिपोर्टका अनुसार ती अधिकारीले सलमान खानलाई विमानस्थलमा रोकेको विषयमा सोमनाथ मोहन्तीले मिडियासँग कुराकानी गरेका थिए ।

अधिकारीका अनुसार यो प्रोटोकलको उल्लंघन हो । सोमनाथ मोहन्ती अब कुनै मिडियासँग कुराकानी गर्न नसकून् भन्नका लागि उनको मोबाइल जफत गरिएको छ ।

स्मरण रहोस्, टाइगर थ्रीको सुटिङका लागि रुस जान लागेका सलमान खानलाई सोमनाथ मोहंतीले विमानस्थलमा कागजातपत्र प्रमाणिकरणका लागि रोकेका थिए ।

प्रवेश गर्नु अघि सीआईएसएफ जवानले सुपरस्टारलाई आफ्नो कागजात देखाउन भनेका थिए ।

यो घटनाको भिडियो सोसल मिडियामा तीब्र रुपमा भाइरल हुन थाल्यो । त्यसपछि सोमनाथ मोहंतीको चौतर्फी तारिफ हुन थाल्यो ।

स्मरण रहोस्, ठूला स्टार्ससँग उनको समूह पनि यात्रा गर्छ जसका कारण कागजपत्र प्रमाणिकरणको काम पनि त्यहि समूहले गर्छन् ताकि कलाकार कुनै रोकटोक बिना नै प्रवेश गर्न सकून् ।

जब करिनाले भनिन्, दीपिका र कैट्रीनासंग एउटै लिफ्टमा बस्नु भन्दा म ‘र्नु जाती

करिना कपुर बेलाबेलामा चर्चामा आइरहन्छिन् । खासगरी उनी आफ्नो ब्यक्तिगत जीवनका कुराले विवादमा परिरहन्छिन् । तर लाग्छ उनलाई यस्ता कुराले कुनै फरक पार्दैन ।

अहिले उनी आफ्नो दोस्रो सन्तानको नाम र उनले सार्वजनिक गरेको एक कितावका कारण विवादमा छन् । तर कहिल्यै पनि उनले आफुले एक पटक दिएको अभिब्यक्ति कहिल्यै फिर्ता लिएकी छैनन् ।

जतिसुकै विरोधको सामना गर्नुपरे पनि उनी त्यसका लागि तयार हुन्छिन् । किनकी उनी निकै सोच बिचार गरेर मात्र बोल्छिन् । तर करिनाले सोचबिचार नगरी बोलेको केही कुराले भने उनी ट्रोल पनि बन्ने गरेकी छन् ।

एक पटक त्यस्तै भएको छ । करिनालाई फिल्म निर्माता करण जोहरले बीबीसी भन्छन् ।

किनकी उनीसंग सबै कलाकारहरुको बारेमा जानकारी हुन्छ । कतिपय मिडियाले उनले दिएको सूचनालाई नै समाचार समेत बनाउने गरेको करणले सार्वजनिक अभिब्यक्तिका क्रममा भन्ने गरेका छन् ।

करिनाले धेरै पटक कयौं कलाकारबारे टिप्पणी गरेकी छन् र तिनले बलिउडमा हलचल पैदा गरेको थियो। उनले एक पटक अभिनेत्री दीपिका पादूकोण र कट्रिना कैफबारे यस्तै टिप्पणी दिएकी थिइन्।

करिना र अभिनेता रणवीर कपुरको निकट सम्बन्ध छ। यी दिदीभाइलाई बलिउडमा अरुको कुरा धेरै गर्ने भनेर चिनिन्छ ।

किनकी सबै कलाकारका बारेमा यिनीहरुलाई जानकारी हुन्छ । तर जब रणवीरको नाम दीपिका र कट्रिनासँग जोडिएको थियो, उनी सबैका लागि मुख्य विषय बनेका थिए।

रणवीरले दीपिकासँग प्रेममा रहँदै कट्रिनासँग प्रेम गर्न थालेपछि निकै चर्चा भएको थियो ।

रणवीर, दीपिका र कट्रिनाको विषय चर्चामा रहँदाको समयतिरै ‘कफी विथ करण’ कार्यक्रममा करण जोहरले करिनालाई ‘दीपिका र कट्रिनासँगै लिफ्टमा अ ड्कि एको भए के गर्थ्यौ ? ’ भन्ने प्रश्न गरेका थिए। यसको जवाफमा करिनाले भनेकी थिइन्, ‘यदि त्यस्तो भयो भने मलाई लाग्छ म आफूलाई मा र्छु। दीपिका र कट्रिनासँग बस्नुभन्दा म र्नु जाती।’

उनीसँगै छेउमा बसेकी अभिनेत्री सोनम कपुरले भने आफू बरु झिंगा भएर उड्ने जवाफ दिएकी थिइन्। यही कुराकानी बीचमा करिनालाई उही प्रश्न तर यस पटक सैफ अली खान र साहिद कपुरको नाममा सोधिएको थियो।

जसको जवाफमा करिले भनेकी थिइन्, ‘म उनीहरुलाई रंगुन फिल्ममा मलाई किन लिएनौ भनेर प्रश्न गर्ने थिएँ।’

सन् २०१७ मा रिलिज भएको फिल्म ‘रंगुन’मा सैफ अली खान, साहिद कपुर र कंगना रनावतको मुख्य अभिनय थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button