
स्थानीय चुनावमा हामीलाई ठूलो सफल्ता मिल्नेछ: माधव कुमार नेपाल
सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् ।

जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौं’ उनले भने ।
अध्यक्ष नेपालले आगामी चुनावलाई मध्यनजर गरेर विभिन्न स्थानीय तह र टोलटोलमा समिति बनाउने काममा लागेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



