एमसीसीका कारण झलनाथ खनाल रिसाएपछि माधव नेपालले उठाए यस्तो कदम

काठमाडौ । बालुवाटारको सत्ता साझेदार दलका मुख्य नेताहरुको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी संसदमा टेबल गर्न दिने कुरामा सहमति जनाए । माओवादी केन्द्र । समाजवादीका नेताहरुले एमसीसी संसदमा टेबल गर्न दिने कुरामा सहमति जनाएपछि प्रधानमन्त्री शेर वहादुर देउवाले आइतवार एमसीसी संसदमा टेबल गरे ।

तर पार्टी अध्यक्षले सहमति जनाएको विषयमा सोही पार्टीका अन्य नेताहरुले भने विमती ब्यक्त गरेका छन् । समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल अध्यक्ष नेपालको सो सहमति प्रति रु ष्ट बने । उनले विदेशीको डरमा राष्ट्रघाती कदम चालिएको भन्दै सार्वजनिक विरोध गरे । त्यस्तै माओवादी केन्द्रका केही सांसदहरुले एमसीसी टेबल गर्न नहुने भनेर संसदमै लिखित असहमति पत्र दर्ता गराए ।

एमसीसीका कारण सत्तारुढ दलका नेताहरुबीच नै फाटो देखिएको छ । पार्टीभित्र फाटो परेपछि एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको सो पार्टीका एक नेताले जानकारी दिए ।ती नेताका अनुसार पछिल्लो समय एमसीसीबारे पार्टीको भूमिकामा चर्को विवाद भएपछि सचिवालय बैठक बोलाइएको हो ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।खनालले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button