प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले देशैभर प्रदर्शन गर्ने
नेपाली कांग्रेसले सोमबार देशैभर प्रदर्शन र सभा गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो।
जिल्लाहरूमा हुने प्रदर्शनका लागि कांग्रेसले केन्द्रबाट प्रतिनिधिसमेत तोकेको छ
सभापति शेरबहादुर देउवाले बुटवलमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
कांग्रेसले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरूद्ध जुट्न कार्यकर्तालाई निर्देशनसमेत दिएको छ। सोमबार ७७ जिल्लामै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरस्थित लगनखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। केन्द्रीय सदस्य गगन थापाले चितवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह पोखरामा हुने कार्यक्रममा सहभागी हुँदैछन्। केन्द्रीय सदस्य रामशरण महत काभ्रे र केन्द्रीय सदस्य प्रदीप पौडेल दैलेखमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।