‘वीरेन्द्रको वंश र ज्ञानेन्द्रको गद्दी जोगाउन नसक्ने पशुपतिले ओलीलाई जोगाउन सक्दैनन्’ : रघु पन्त

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता रघुजी पन्तले राजा वीरेन्द्रको वंश र राजा ज्ञानेन्द्रको गद्दी जोगाउन नसक्ने पशुपतिनाथले केपी ओलीलाई जोगाउन नसक्ने बताएका छन्।

बधुबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको विरोधसभालाई सम्बोधन गर्दै पन्तले यस्तो बताएका हुन् । उनले प्रतिनिधिसभा विघटनपछि पशुपतिनाथको दर्शन गर्न गएकोप्रति व्यङ्ग्य गर्दै नेता पन्तले यस्तो बताएका हुन् । 

पन्तले सधै सम्बोधन गर्दा सम्बोधनको अन्तिममा पशुपतिनाथले सबैको कल्याण गरुन भन्ने वीरेन्द्र र ज्ञानेन्द्रलाई जोगाउन नसकेको पशुपतिनाथले ओलीलाईसमेत नजोगाउने दाबी गरेका हुन् ।

‘प्रधानमन्त्री केपी ओली धेरैपछि पशुपतिनाथ जानुभयो । रुद्राक्षको माला लगाएर निस्कनुभयो । त्यहाँ गएर के बरदान माग्नु भयो थाहा छैन ।

एक अर्ब लाग्ने पशुपतिको जलारी राख्न २० करोड निकास अहिले नै गर्ने बताउनुभयो’, पन्तले राजाहरुलाई सम्झदै भने, ‘मलाई राजा वीरेन्द्रको सम्झना भयो । बोल्दा अन्तिममा उनी सधै पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्थे । सधैँ पशुपतिनाथले गुहार्ने राजा वीरेन्द्रको वंश नाश भयो ।

पशुपतिले कल्याण गरेनन् । राजा ज्ञानेन्द्रले सम्बोधनमा अन्तिममा पशुपतिनाथले कल्याण गरुन भन्थे । पशुपतिनाथले राम्रै कल्याण गरे नारायणहिटीबाट नागार्जुन पुर्यायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button