ओलीका कारण देश अँध्यारो सुरुङमा गयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गएको दावी गरेका छन् । 

शुक्रबार ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको एकतापछि देश बनाउने लक्ष्य थियो । तर, केपीको नियत जालझेल मात्रै रहेछ ।’ 

उनले सहि विचार र नेतृत्व भए सामन्तवाद पराजित गर्न सकिने भन्दै ‘नेतृत्वको विचार गलत हुँदा सबै बिग्रिएको’ बताए ।

उनले सात दशक लडेर ल्याएको संविधान र संघीयता ओलीका कारण नै संकटमा पुगेको दावी गरे ।  ‘देश अँध्यारो सुरुङमा गयो ओलीका कारण । वाम गठबन्धन गर्दा हामीले अहिलेको दिन आउला भन्ने सोचेका थिएनौँ’ प्रचण्डले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि जनतासँग जोडिएर आन्दोलनमा जानुको विकल्प छैन भनेर आन्दोलनमा गयांै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button