जनकपुरमा झडप : नेकपा नेता रामचन्द्र झा घाइते

२२ माघ, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा नेकपा नेता रामचन्द्र झाको टाउकोमा चोट लागेको छ ।

बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो ।

झडपमा प्रहरीको लाठीबाट झाको टाउकोमा चोट लागेको हो । झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button